<p><b>भदौ २, कास्की |</b> तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । ५० वर्षीया ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । <br></p><p>तनहुँ ब्यास–१ अम्रेनीकी ति महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । साउन ३२ गते उपचारका लागि अस्पताल ल्याइएको उनमा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको थियो ।</p><p>साउन ३१ गते उनको स्वाव परीक्षण लागि पठाइएको थियो । हिजो राति उनको मृत्यु भयो, आज बिहान कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ । </p>
पोखरामा तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु
Leave a Comment

