Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चार दिनपछि बाढीपीडितलाई राहत

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३, सिमकोट। पहिरो गएको चार दिनपछि राहत लिएर कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली बाजुराको कोल्टी हुँदै हुम्लाको ताजाँकोट पुगेको छ । लामो समयदेखि परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिराले ताँजाकोट–२ र ३ वडाका घरबारविहीन पहिरोपीडितका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र कर्णाली योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाको टोली मङ्गलबार सो गाउँपालिका पुगेका हुन् ।

पहिरो गएलगत्तै राहत सामग्री लिएर हेलिकप्टरबाट जाने तयारी गरेको प्रदेश सरकारले हेलिकोप्टरको व्यवस्था नभएपछि चार दिनपछि पहिरोपिडितलाई राहत सामग्री लिएर घटनास्थलतर्फ पुगेको वडा नं ४ का वडाध्यक्ष प्रशान्त धमलाले जानकारी दिनुभयो ।

पहिराबाट घरबारविहीन नागरिकलाई अस्थायी बसोबास गर्ने पाल र खानेकुरा लिएर टोली आइपुगेको जनाइएको छ । गत शनिबार र आइतबार ताँजाकोट– २ र ३ मा गएको पहिरामा परेर  गाउँपालिकाको कार्यालय, धर्मोदय माध्यमिक विद्यालयसहित ५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीका अनुसार पहिरामा परेर ११८ घरपरिवार विस्थापित तथा १९२ घरपरिवार उच्च जोखिममा छन् । पहिराले ७५६ जना आआफ्ना घरबाट विस्थापित हुनुपरेको मैला प्रहरीचौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस