Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २५ गते, बिहान ११:१७ बजे
दोलखा - DLKH

हलेसी सामुदायिक वनमा भीषण आगलागी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २५, दोलखा / जिरी नगरपालिका वडा नंं २ स्थित हलेसी सामुदायिक वनमा भीषण आगलागी भएको छ

बिहान १० बजेतिर दोबान गाउँ नजिकै भिरबाट लागेको आगो अहिले हलेसी मन्दिरको आसपाससम्म आइपुगेको
छ । बिहानैदेखि चलेको तीव्र हावाहुरीका कारण आगो नियन्त्रण बाहिर गएको हो ।

स्थानीयवासीले आगो
नियन्त्रणमा लिन खोजे पनि हावाहुरीका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । इलाका प्रहरी कार्यालय
जिरीबाट प्रहरीको टोली आगो नियन्त्रणमा लिन खटिइसकिएको प्रहरी नायब निरीक्षक विष्णुराज फुयाँलले
बताए।

आगो कसरी लागेको हो भन्नेबारे केही खुल्न सकेको छैन । चौरासी हेक्टर क्षेत्रफलमा फैलिएको
हलेसी सामुदायिक वनको आधाभन्दा बढी भूभाग अहिले डढेलोले जलिसकेको छ ।

हावाहुरी बढिरहेका कारण आगो
माली गाउँको माथिल्लो भागतिर फैलिएको छ भने डाँडापारिको भागबाट होमडाँडा सामुदायिक वन र धाउखानी
सामुदायिक वनतर्फ बढिरहेको छ ।

सामुदायिक वनको साधारणसभा चैत २७ गते तय गरिएको छ । साधारणसभा आउन
दुई दिन बाँकी हुँदै सामुदायिक वनमा भीषण आगलागी भएको छ ।

आगलागी भएको क्षेत्र सर्वसाधारणको चरन
क्षेत्र भएकाले जिरी नगरपालिका वडा नं २ र ३ का सर्वसाधारणका चौपाया डढेलोका कारण प्रभावित भएका छन् ।
अहिले धुवाँका कारण सिङ्गै गाउँ अँध्यारोमा छ ।