2026-09-13 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आफू बसेको क्वारेन्टिनलाई सहयोग

भदौ ५, गण्डकी । विदेशबाट आएकालाई सुरक्षित राख्ने उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २० भलाममा निर्मित क्वारेन्टिनलाई त्यहाँ बसी बिदा भएका तीन युवाले सहयोग गरेका छन् । भलाम स्थायी बसोवास भई हालै भारतबाट आएका खिमबहादुर घर्ती, दुबईबाट आएका सन्तोष नेपाली र मोहोरियाका गोपी गुरुङले र्याल चौर बेंसीस्थित क्वारेन्टिनमा बसेर बिदा हुँदै गर्दा आर्थिक सहयोग गर्नुभएको हो ।

क्वारेन्टिन बसाइको नौ दिनपछि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बिदाइ हुने क्रममा क्वारेन्टिनमा घरभन्दा पनि राम्रो सेवा सुविधा दिइएको र आगामी दिनमा यसको उचित व्यवस्थापनमा अझै सहयोग पुगोस् भन्दै  गुरुङले रु पाँच हजार ५५५,  नेपालीले रु पाँच हजार र  घर्तीले रु तीन हजार २०० सहयोग गर्नुभएको हो । 

सहयोग हस्तान्तर गर्दै उहाँहरूले आफू जस्तै व्यक्तिको सहयोगबाट क्वारेन्टिन  निर्माण र व्यवस्थापन गरेका कारण त्यसबाट प्रभावित भई स्वतस्फुर्त रुपमा सहयोग गरेको बताउनुभयो ।क्वारेन्टिनको बसाइ अवधिमा प्राप्त सेवासुविधा तथा इन्टरनेटले गर्दा आफूहरुले  एक्लोपनको महसुस गर्नुनपरेको बताउँदै उहाँहरूले सबै मिलेर कोरोनाको सामना गर्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा पोखरा–२० का वडाध्यक्ष तथा र्यालचौरबेंसी क्वारेन्टिन होम मूल व्यवस्थापन समितिका संयोजक सिम गुरुङले घर फर्किँदै गर्दा क्वारेन्टिनलाई सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दै घर फर्के पनि थप सात दिन सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गर्नुभयो ।

क्वारेन्टिन निर्माण र व्यवस्थापनका लागि विभिन्न व्यक्तिको साथ र सहयोग रहेको तथा हालै निर्मित क्वारेन्टिन भवनमा आठ कोठामा एकै पटक २४ जना रहन सक्ने क्षमता रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टिनमा स्वस्थकर खाना, विदेशबाट ल्याएका सामान राख्ने छुट्टै भण्डार कोठा, छुट्टाछुट्टै शौचालय, क्वारेन्टिनमा बस्नेका लागि तातो तथा चिसो स्वस्थ पिउने पानी, बाथरुम, इन्टरनेटलगायत सुविधा छ ।

क्वारेन्टिन ब्यवस्थापनका लागि दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र एक क्वारेन्टिन सहयोगीसमेत रहेको उहाँले जानकारी दिनुभयो । पोखरा– २० कार्यालयले विदेशबाट घर आउनेलाई लक्ष्य गरी र्याल चौरस्थित महेन्द्र माविको पुरानो भवनमा क्वारेन्टिन निर्माण गरेको हो । दीर्घकालीन सोचका साथ लामो समयदेखि बन्द माविको पुरानो भवनमा निर्मित क्वारेन्टिन कोरोनाको कहर अन्त्यपछि  पनि बहुउद्देश्यीय ढङ्गले प्रयोगमा ल्याउन सकिने वडा कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले