2026-09-12 01:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोट समाचार : दैनिक ढल्दै घर, थपिँदै त्रिपालको बसाइ

भदौ ९, जाजरकोट । दैनिक सिमसिम पानी बर्सिन नछाड्दा बारेकोट गाउँपालिकामा सग्ला घर भकाभक भत्किन थालेका छन् । बाढीपहिराबाट थिलथिलो भएको भूभागमा निरन्तर पानी पर्दा सद्दे घर पनि भत्किँदा दैनिक त्रिपालको बास बस्नेहरुको सङ्ख्या बढेको बारेकोटका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक घरहरु भत्किरहेका छन्, हामी व्यवस्थापनको समस्याले हैरान भइसक्यौँ । हाम्रो फाइल गृह मन्त्रालयमा कहिले जान्छ रु फेरि सङ्ख्या थप्नुपर्ने भयो प्रमुख जिल्ला अधिकारीज्यू ।” कोभिड–१९ को महामारीका कारण देश आक्रान्त भएको बेला बारेकोटमा कोरोनासँगै त्रिपालको बासले सर्वसाधारण हैरान भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसँग सिसीएमसीको बैठकमा आइतबार अध्यक्ष शाह पीडा सुनाउँदै हुनुहुन्थ्यो । “एउटा घर सग्लो छैन, आज फेरि दुई घर भत्किएको खबर छ” शाहले भन्नुभयो, “समस्या असीमित छन्, स्रोतसाधन सीमित छ यसलाई हल गर्न तुरुन्तै अगाडि बढ्नुपर्ने भयो ।”

 उहाँका अनुसार गत असार २६ गतेदेखि त्रिपालमा बसेका सर्वसाधारण अझै कति समय त्रिपालकै बास बस्नुपर्ने हो थाहा छैन । विद्यालय, खुला चौर, अग्ला डाँडा कुनै पनि खाली नराखेर स्थानीयवासी ज्यान बचाउन बसिरहेको प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो । बारेकोटमा विभिन्न निकायबाट राहत पठाए पनि अझै गाउँगाउँमा सो राहत पुग्न सकेको छैन ।

“बाटो भत्किएको छ, खोलाहरुमा पानीको बहाव घटेको छैन”, बारेकोट–५ का प्रकाशमान सिंहले भन्नुभयो, “राहत टाठाबाठाले मात्र लिएको देखियो, वास्तविक पीडितमा पुरानै घाउको डोब पुरिएको छैन ।” दैनिक निरन्तर वर्षाका कारण बारेकोटमा कोरोनाको त्रासभन्दा बाढी पहिरोको त्रास धेरै भएको सर्वसाधारण बताउँछन् । राहत वितरणमा विभेद भएको भन्दै पत्रकार वीरबहादुर गिरीको संयोजकत्वको टोलीले बारेकोटमा केही राहत वितरण गरी आइतबार मात्र फर्किएको छ ।  करिब रु पाँच लाख बराबरको सहयोग हस्तान्तरण गरिएको हो ।

 पत्रकार गिरीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरी करिब रु पाँच लाख सहयोग सङ्कलन भएको थियो । सङ्कलन भएको उक्त रकममध्ये रु चार लाख बराबरको राहत सामग्री खरिद गरिएको र बाँकी मृतकका परिवारलाई नगद हस्तान्तरण गरिएको हो ।

पत्रकार गिरीले वडा नं ४ जिरीको सार्की टोलमा गएको पहिरोमा परेर मृत्यु भएका दुई घर परिवारलाई रु २०÷२० हजार, वडा नं ६ धुमामा मृत्यु भएका दुई घरपरिवारलाई रु १०÷१० हजार, मुल्साममा खोलामा बगेर ज्यान गुमाएका एक परिवारलाई रु १० हजार र पछ्याप्री गाउँमा घर जलेका तीन घरपरिवारलाई रु सात÷सात हजारका दरले नगद पनि प्रदान गर्नुभएको छ । 

 बारेकोटमा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि बारेकोट घर भएका प्रेस सङ्गठन नेपाल कर्णाली प्रदेश समिति संयोजकसमेत रहेका पत्रकार गिरीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन भएको हो । समितिलाई देश विदेशबाट मनकारी व्यक्तिहरुले नगद रकम सहयोग गरेका थिए । सङ्कलन भएको रकमबाट खरिद गरिएको राहत सामग्री र नगद सम्बन्धित स्थानमा शनिबार एक कार्यक्रमको आयोजना गरी १६५ घरपरिवारलाई हस्तान्तरण गरिएको संयोजक गिरीले जानकारी दिनुभयो ।

आफूहरुको सहयोगले पहिरोले विस्थापित भएर बारेकोटका विभिन्न स्थानमा त्रिपालमुनि बसेका परिवारलाई थोरै भए पनि राहत पुग्ने उहाँको विश्वास छ । मानवीय सेवाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पीडितहरुको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्ने गिरीको माग छ ।

 बारेकोट गाउँपालिका–४ र ६ मा पहिरोले बढी मानवीय क्षति पुर्याएको थियो । वडा नं ४ जिरीको सार्कीटोलमा १२ जनाको मृत्यु भएको थियो भने वडा नं ६ धुमा गाउँमा दुई जनाको मृत्यु भएको थियो । पहिरोले बारेकोटका अधिकांश गाउँहरु पहिरोको जोखिममा परेका छन् । जमिन चर्किने, भत्किने र बग्ने क्रम ठूलो पानी पर्दा अहिले पनि जारी रहेको बारेकोटका पहिरो पीडित बताउँछन् । एक हजार २०० भन्दा बढी विस्थापित त्रिपाल तथा विद्यालयमा बसिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा