२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको डोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द

२०७७, १० भाद्र बुधबार ०५:०८

भदौ १०, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गए राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि डोकेबजार क्षेत्र पूर्णरूपमा बन्द गरेको हो ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम, नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताउनुभयो । बन्दको अवज्ञा गरेको पाइए सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानूनबमोजिम कारवाही हुने उहाँले बताउनुभयो ।

राजश्व छलीका झण्डै दुई लाखको सामान बरामद 

कञ्चनपुरको महाकाली नगरपालिका–१ गढीगोठ क्षेत्रबाट मङ्गलबार प्रहरीले राजश्व छलेर ल्याउँदै गरेको रु एक लाख ९२ हजार मूल्य बराबरको सामान बरामद गरेको छ । सीमा सुरक्षा तैनाथ सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणको किराना र हार्डवेयरको सामान बरामद गरेको हो । 

दुई मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको सामान बरामद गरिएको सशस्त्र प्रहरी शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो । तस्करहरु सशस्त्र प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छाडेर भागेको उहाँको भनाइ छ । बरामद सामान र मोटरसाइकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी