2026-09-18 06:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट : सडक प्रभावितले मुआब्जा पाउने

 भदौ १३, विदुर (रासस) । गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रूबेँसी– रसुवागढी सडक आयोजनाअन्तर्गत गेर्खु बेत्रावती सडकखण्डमा रहेका जग्गादाताले अब मुआब्जा पाउने भएका छन् । सांसद नारायणप्रसाद खतिवडाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी  गेर्खु बेत्रावती  सडकखण्डका  जग्गादाताले  मुआब्जा पाउने जानकारी दिनुभयो । उहाँले यही भदौ ८ गते स्थानीय, प्रदेश, सङ्घीय सरकारका प्रतिनिधि, सोही आयोजनाका प्रमुख सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहभागि बैठकले  मुआब्जा वितरण गर्ने निर्णय गरेको बताउनुभयो ।  

सांसद खतिवडाले  प्रभावित जग्गाधनीका जग्गाको सडक केन्द्रबाट १५÷१५ मिटर दायँबायाँ ३० मिटर मध्येबाट कालोपत्र सडकको ४।५ मिटर कटाएर २५ मिटरको जिल्ला स्तरीय मुआब्जा निर्धारण समितिले तोकेको दररेटमा मुआब्जा उपलब्ध गराउनका लागि आयोजनालाई निर्देशनसमेत दिएको जानकारी दिनुभयो ।  

यसैगरी वाग्मती प्रदेशसभा सदस्य केशव पाण्डेले साबिक कायम भएको सडक सरकारको भएको तर मुआब्जा दिएको प्रमाण नदेखिएकाले जिल्लाका स्थानीय, प्रदेश, सङ्घीय सरकारका प्रतिनिधिहरुले संयुक्तरुपमा मुआब्जा दिनुपर्ने माग राख्दै आएका बताउनुभयो ।  सर्वोच्च अदालतले समेत मुआब्जा वितरण गर्न  आदेश दिएको थियो ।  सोही आदेश कार्यान्वयन गर्न अघि बढेको र सम्बन्धित आयोजनालाई विवाद सुल्झाउन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।  

प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले मुआब्जाकै सम्बन्धमा गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रूबेँसी–रसुवागढी सडक आयोजनाअन्तर्गत पीपलटारदेखि ढुङ्गेसम्म १५÷१५ किमी र ढुङ्गेदेखि बेत्रावतीसम्म १०/१० किमी सडकखण्डमा २०३१ सालको सडक ऐनले सडक सीमा तोकेको र  सोही सडक सीमाभित्र रहेको जग्गाको मुआब्जा दिन नमिल्ने भनी सडक विभागमा निर्णय भएको बताउनुभयो । सोही निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको र अदालतले जग्गादातालाई मुआब्जा  वितरण गर्न आदेश दिएको जानकारी दिनुभयो । 

गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रूबेँसी–रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले सर्वोच्च अदालतको आदेश र स्थानीय , प्रदेश, सङ्घीय सरकारका प्रतिनिधिहरु तथा जिल्ला प्रशासन कार्यलयको पहल र समन्वयमा भएको निर्णयको पालना गर्दै गेर्खु बेत्रावती सडकखण्डमा रहेको जग्गादाताहरुलाई मुआब्जा दिने आदेश रहेको बताउनुभयो । उहाँका अनुसार सडकखण्ड जम्मा ८२ किमीमध्ये २१ किमीमा कालोपत्र सम्पन्न भइसकेको, १० किमीसडक सीमा छुट्याउन पर्खाल लगाउने र भिरहरुको कटिङको काम सम्पन्न भएको छ । 

सोही सडकखण्डभित्र निर्माण गर्नुपर्ने साना–ठूला गरी ३२ पुलमध्ये १६ वटाको ठेक्काका लागि पाँचवटा पुल निर्माण सम्पन्न भइसकेको,  ६ वटा पुलको निर्माण अन्तिम चरणमा रहेको र पाँच वटाको काम भइरहेको छ । बाँकी १६ वटा पुलको भने यही आर्थिक वर्षमा सर्वेडिजाइन भई खरिद प्रक्रिया अगाडि बढाई ठेक्का लागाउने योजना रहेको प्रमुख भण्डारीले बताउनुभयो । 

आयोजनाको तथ्याङ्कअनुसार गत आव ०७६÷७७ मा मुआब्जा क्षतिपूर्ति कूल अनुमानित लागत ६ अर्बमध्ये ९९ करोड रहेको छ । ती मध्ये वित्तीय प्रगति १७ प्रतिशत भई ५२ करोड विनियोजन समेत भएको छ ।  कूल जम्मा खर्च एक अर्ब ५० करोड वितरणमा २५ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ ।

आयोजनाको आगामी कार्ययोजनामा आव ०७७/७८ मा गल्छी–त्रिशूली–मैलुङ्ग सडकखण्ड ४६ किमी, मैलुङ्ग–स्याफ्रुबँेसी सडकखण्ड २० किमीको निर्माण कार्य शुरु भई उल्लेख्य प्रगति हुने योजना रहेको  छ । स्याफ्रुबँेसी–रसुवागढी सडकखण्डमध्ये १७ किमीको काम भने चीन सरकारबाट निर्माण हुने  छ  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई