Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महोत्तरीमा लरीको ठक्करले टेम्पु चालकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पूर्व­पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने बर्दिवास नगरपालिका–१ मा भारतीय लरी (ट्रकजस्तै लामो गाडी) को ठक्करले एक टेम्पो (अटो) चालकको मृत्यु भएको छ ।

बर्दिवासचोकमै रोकिराखेको ना३स २३६१ नंको टेम्पोलाई आरजे ०२ जिवी ३३४७ भारतीय नंको लरीले ठक्कर दिँदा बर्दिवास–१ कै बासिन्दा ४० वर्षीय टेकनारायण श्रेष्ठको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । मृतक श्रेष्ठ टेम्पो चालक रहेका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो ।

बिग्रेर रोकिएको लरीलाई चलाउन पछाडिबाट ठेल्ने क्रममा ओरालोतिर हुइँकिएर सडक छेउमा रोकिराखेको टेम्पोलाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

घाइते भएका श्रेष्ठलाई तत्काल बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा पु¥याइएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लरी र त्यसका चालक भारतीय  अरबिनकुमार बलायतलाई नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।