2026-09-12 08:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं २ मा कोरोना सङ्क्रमणबाट सात जनाको मृत्यु, मृतकको सङ्ख्या ८४ पुग्यो

भदौ १३, जनकपुर (रासस) : प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित सात जनाको मृत्यु हुनुका साथै १६५ नयाँ सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा महोत्तरी र सिरहामा दुई/दुई तथा पर्सामा तीन जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयका वरिष्ठ डा कमलेशप्रसाद यादवले जानकारी गराउनुभयो । सोअनुरुप महोत्तरीको भङ्गाहा नगरपालिका–१ का ३५ वर्षीय, पिपरा गाउँपालिका–७ का ७० वर्षीय, सिरहाको सुखीपुर नगरपालिका–८ का ५५ वर्षीय र लहान–१८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–१२ का ४८ वर्षीय, वीरगञ्ज–२२ का ३७ वर्षीय र वीरगञ्ज–१२ का ६५ वर्षीया एक महिला गरी सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । यो प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ८४ जनाको मृत्यु भइसकेको छ ।

सोही अवधिमा धनुषामा ४९, महोत्तरीमा २७, सर्लाहीमा ४५, रौतहटमा एक, बारामा नौ र पर्सामा ३४ गरी १६५ जना थपिएका छन् । यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या नौ हजार ७९५ पुगेको छ । सोमध्ये आज चार महिला गरी ८७ उपचार गराइ  निको भएर घर फर्केका छन् । अब उपचार गराइ निको भएर घर फर्केनेको सङ्ख्या चार हजार ७५५ पुगेको छ ।

यस प्रदेशअन्तर्गतका १९६ क्वारेन्टिनमा ७५० जना बसेका छन् भने होम क्वारेन्टिनमा एक  हजार ६४३, आइसोलेसनमा एक हजार ७४ र होम आइसोलेसनमा तीन हजार ९०२ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन