साउन १२, पर्वत । माझफाँट–३ स्थित पवर्तबेनीमा पहिरोमा पुरिएर एकको मृत्यु भएको छ । मल्लाज जाने पदमार्गको प्रवेशद्धार नजिक रहेको धौलागिरि कपास उद्योग माथिको ढिस्को खस्दा पुरिएर उद्योमै बस्ने नुवाकोट जिल्ला देउराली गाविस–२ की ११ बर्षिया अंकिता तामाङको मृत्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, पर्वत । माझफाँट–३ स्थित पवर्तबेनीमा पहिरोमा पुरिएर एकको मृत्यु भएको छ । मल्लाज जाने पदमार्गको प्रवेशद्धार नजिक रहेको धौलागिरि कपास उद्योग माथिको ढिस्को खस्दा पुरिएर उद्योमै बस्ने नुवाकोट जिल्ला देउराली गाविस–२ की ११ बर्षिया अंकिता तामाङको मृत्यु"/>
2026-09-19 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कपास उद्योगमा पहिरोखस्दा एकको मृत्यु

साउन १२, पर्वत । माझफाँट–३ स्थित पवर्तबेनीमा पहिरोमा पुरिएर एकको मृत्यु भएको छ । मल्लाज जाने पदमार्गको प्रवेशद्धार नजिक रहेको धौलागिरि कपास उद्योग माथिको ढिस्को खस्दा पुरिएर उद्योमै बस्ने नुवाकोट जिल्ला देउराली गाविस–२ की ११ बर्षिया अंकिता तामाङको मृत्यु भएको होे । पहिरो आएपछि ढोका खोल्न गएकी तामाङलाई पहिरोसंगै आएको ढुंगाले चोट लागेको थियो ।

पहिरोले नुवाकोटकै देउराली गाविस– २ की १२ बर्षिया सृष्टि घले, १२ बर्षका अजय तामाङ, ३२ बर्षिया फुलमायाँ तामाङ, २८ बर्षिया सविना घले,३ बर्षका विजय घले,नुवाकोट विदुर–१० का प्रेम तामाङ ३५ बर्षिय सुवास थापा, त्रिशुली ढोरेनी नगरपालिका–१० की १६ बर्षिया सुस्मिता तामाङ घाईते भएका छन् । दुई परिवारको बसोबास रहेको थियो । दिदीबहिनीले सञ्चालन गरेको उद्योगका सबै औजार समेत पहिरोले क्षती पुगेको थियो । मध्यरातमा खसेको पहिरोले चोट लागेपछि उपचारका लागि पोखरा लैजादै गरेको अवस्थामा बाटोमै मृत्यु भएको पर्वत प्रनाउ गंगा पन्तले जानकारी दिइन ।

पर्वतको मल्लाज जोड्ने पक्की पदमार्ग नजिकै रहेको ढिस्कोसंगै खसेको रुखले चोट लागेको घाईतेले बताएका छन् । मध्यरातमा सुतिरहेको अवस्थामा एक्कासी पहिरो खसेपछि भागाभाग गर्ने क्रममा समेत चोट लागेको थियो । धौलागिरि कपास उद्योगकाम मजदुर सहित बसोबास गर्ने सबै पहिरोमा परेका थिए । पहिरोले क्षती पुगेका उद्योग सहित घाईतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासनी, प्रहरी नायव उपरिक्षक गंगा पन्त, स्थानीय विकास अधिकारी यूवराज पौडेल लगाएतको टोली समेत घटनास्थलमा पुगेको थियो । पहिरोका कारण १५ लाख भन्दा बढीको नोक्सान भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा