प्यूठान, १२ साउन । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा आज थप सात जनाको मृत्यु भएको छ । गएराति फोप्ली– ६ सीमामा– पाँच घर पहिरोले बगाउँदा सातजनाको मृत्यु भएको हो । 

घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्यूठान, १२ साउन । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा आज थप सात जनाको मृत्यु भएको छ । गएराति फोप्ली– ६ सीमामा– पाँच घर पहिरोले बगाउँदा सातजनाको मृत्यु भएको हो । 

घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबह"/>

2026-07-03 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपडेटः प्यूठानमा माओवादी केन्द्रीय सदस्यसहित थप सात जनाको मृत्यु

प्यूठान, १२ साउन । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा आज थप सात जनाको मृत्यु भएको छ । गएराति फोप्ली– ६ सीमामा– पाँच घर पहिरोले बगाउँदा सातजनाको मृत्यु भएको हो । 

घटनामा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीसहित उनकी श्रीमती विन्दु केसीको मृत्यु भएको छ । त्यस्तै घटनामा परी नारयाण केसीको मृत्यु भएको छ भने उनको श्रीमती नानुमैया केसीको उद्धार गरिएको छ । घर माथिबाट आएको पहिरोले घर बगाउँदा दोणबहादुर केसी र उनकी श्रीमती पवित्रा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनामा परी जाहेश्वर बुढाथोकी र उहाँकी श्रीमती पिमा बुढाथोकीको पनि मृत्यु भएको छ । 

त्यस्तै फोप्ली–३ मा मङ्गलबार बेपत्ता भएका खस्की पुन, रक्षानी पुन, सेतुमा पुन, शेरबहादुर पुन, कुमारी पुन र टुकमला पुनसहित १३ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको नेपाली सेवा, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा खोजीकार्य जारी राखिएको छ । 

यसैबीच जिल्लास्तरबाट उद्धार तथा राहातका लागि प्रभावकारी भूमिका नभएको भन्दै जिल्लास्थित सरोकारवाला तथा राजनीतिक दलले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । आज बिहान सम्पन्न भएको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकमा दलले संयुक्त रुपमा प्रभावकारी उद्धार नभएको भन्दै सामूहिक ध्यानाकर्षण गराएको नेपाली काँग्रेस प्यूठानका सचिव देवेन्द्र वर्माले जानकारी दिए । 

त्यस्तै जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लामा उद्धार तथा खोजकार्य प्रभावकारी बनाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । 

जिल्लामा महाविपत्तिनै आएको भन्दै समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले जिल्लामा उद्धार तथा खोजका लागि नेपाली सेवा, नेपाल प्रहरी लगायतको पहिचालन प्रभावकारी बनाइएको बताउनुभयो । जिल्लाको उत्तरी क्षेत्रमा यातायात र प्रभावकारी सञ्चारको अभावमा समस्या समेत भएको बताइएको छ । 

आज बिहान सम्पन्न भएको समिति बैठकले जिल्लामा हाल दिँदै आएको तीन हजार राहत रकमलाई वृद्धि गरी पाँच हजार वितरण गर्ने समेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै प्यूठानमा हालसम्म मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो