Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा आठ लाख ८७ हजार भन्दा बढीको मृत्यु

२०७७, २२ भाद्र सोमबार ०७:५५

भदौ २२, (रासस/एएफपी) : विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । 

सो संगठनका अनुसार विश्वमा दुई करोड ७२ लाख ९६ हजार ३०३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९३ लाख ७९ हजार ४९८ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।  कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६४ लाख ६० हजार ४२१ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३७ लाख २६ हजार  ९९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार २५३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४२ लाख ४ हजार ६१३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ  ३२ लाख ५० हजार ४२९ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ६८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ लख ३७ हजार ६०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख १७ हजार २२७ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २६ हजार ६८६ जनाको मृत्यु भएको छ ।  

रुस १० लाख २५ हजार ५०५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ  ८ लाख ४० हजार ९४९ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८२० जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख  ८९ हजार ९७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख  १५ हजार ४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ८३८ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ६६ हजार ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  १८ हजार  २२९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ४१२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख  ३८ हजार ५१७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख  ६३ हजार ८९१ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ८८९ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ६ लाख ३४ हजार २३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  ४२ हजार २६८ कोरोना भाइरस मुक्त भएका छन्  भने ६७ हजार ५५८ जनाको मृत्यु भएको छ । 

स्पेनमा ५ लाख  १७ हजार  १३३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिना ४ लाख ७८ हजार ७९२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ३९ हजार १३२ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार  ८५९ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै