Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ

२०७७, २६ भाद्र शुक्रबार १३:२९

भदौ २६, बनेपा (रासस) : मान्छे अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पाँचखाल नगरपालिका वडा नं. १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, सोही ठाउँका २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेशस्थान घर भई हाल धुलिखेल–४ स्थित २८ किलो डेरा गरी बस्ने २१ वषीया उमा परियारलाई पक्राउ गरिएको हो । 

पाँचखाल–१२ देवभूमी घर भएका २३ वर्षीय राजकुमार दनुवारलाई धुलिखेल–४ स्थित २८ किलोमा ४/५ जनाको समूहले अपहरण गरी बन्धक बनाई रु पचास हजार माग गरेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा तीन जनालाई पक्राउ गरिएको थापाले बताउनुभयो । उहाँका अनुसार आकाश र सविनालाई बिहीवार र उमालाई आज बिहान पक्राउ गरिएको हो । घटनामा संलग्न फरार रहेका दुई जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये सबिनाले दनुवारलाई फोनसम्पर्क गरी भेटघाट गर्न बोलाएको र सँगै कुराकानी गरी बसिरहेको अवस्थामा आफ्ना श्रीमान् आकाशलगायत अन्य व्यक्तिले उहाँलाई नियन्त्रणमा लिई बन्धक बनाएर घट्ना मिलाउन भन्दै रु पचास हजार माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुले बुधवार अपहरण गरेका दनुवारलाई बनेपा–१० बुडोलबाट सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । सो घटनामा पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद–१७ अन्तर्गत अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश