ललित बोहरा | साउन १२, डडेल्धुरा | डडेल्धुरामा रक्तदान प्रतिको नकरात्मक भ्रम कम हुँदै गएको छ । नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन १२, डडेल्धुरा | डडेल्धुरामा रक्तदान प्रतिको नकरात्मक भ्रम कम हुँदै गएको छ । नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला"/>
2026-09-19 01:51 AM
डडेलधुरा - DDL

डडेल्धुरामा रक्तदान प्रतिको नकरात्मक भ्रम कम हुँदै

ललित बोहरा | साउन १२, डडेल्धुरा | डडेल्धुरामा रक्तदान प्रतिको नकरात्मक भ्रम कम हुँदै गएको छ । नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला शाखाले आज ५१ औँ रक्त सञ्चार सेवा स्थापना दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी गराईएको हो । 

ब्लड बैँक सञ्चालन गर्दै आएको रेडक्रसले ब्लड बैँक सञ्चालन गर्दाका बखत देखी अहिले सम्मको रगत संकलन तथ्याङ्क हेर्दा रक्तदाताहरु बढ्दै गएको र नागरिकहरुमा सोचाई पनि बिस्तारै परिवर्तन भईरहेको नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा शाखाका मन्त्री डम्बर बहादुर भण्डारीले बताउनुभयो । दिवसको अवसरमा आयोजित उक्त रक्त सञ्चार सेवा प्रभावकारिता बिषयक अन्तरक्रिया कार्यक्रममा रेडक्रस डडेल्धुरा शाखाका सभापति शिवराज पन्त र प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले भने चेतनाको स्तर अझैँ कम भएको र भ्रमहरु धेरै भएकाले सचेतना तर्फ नागरिकहरुलाई उन्मुख गराउनु पर्नेमा जोड दिनु भएको थियो । 

यस्तै रक्त सञ्चार सेवा स्थापना दिवसको अवसर पारेर अधिकतम रगत दान गर्ने बिभिन्न रगत समुहका ८ जना र एक महिलासँगै संस्थागत रुपमा रक्तदानमा सघाउने संस्थाहरुलाई समेत सम्मानपत्र प्रदान गरिएको छ । जसमा बेला–बेलामा रक्तदान आयोजना गर्ने रेडियो अमरगढी, पारामेडिकल क्याम्पस, ह्वाइट पार्क कलेज, डिसिआईस डडेल्धुरा, रेडक्रस सोसाइटि उपशाखा उग्रतारा र रेडक्रस सोसाइटि उपशाखा किर्तिपुर लगायतका अन्य १४ संस्थाहरु रहेका छन ।

कार्यक्रममा रेडक्रस डडेल्धुरा शाखाका ब्लड बैँक टेक्नोलोजिष्ट गणेश ऐरले तीन बर्ष पहिले अर्थात २०७० मा ब्लड बैँक स्थापना भएसँगै गएको असार मसान्त सम्म चार सय ३० पिन्ट रगत संकलन भएको जानकारी दिनुभयो । स्थापनाको पहिलो बर्ष ५२ पिन्ट रगत संकलन भएकोमा गत आर्थिक बर्षमा एक सय १८ पिन्ट रगत संकलन भएको उहाँले बताउनु भयो । ब्लड बैँकमा संकलित रगत अधिकतम उपक्षेत्रीय अस्पतालमा खपत हुने गरेको र बढी संकलन भएमा बाहिरी जिल्लाहरुमा पनि पठाउने गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा महिनामा औषतमा २५ पिन्ट रगत खपत हुने गरेको जानकारी गराईएको थियो । अस्पतालले हाल प्रदान गरिरहेका सेवा अनुसार ब्लड बैँक मार्फत रगत माग अनुसार आपुर्ती भईरहेको अस्पतालका एक जना मेडिकल सुपरिटेण्डेन्टले जानकारी गराउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई