त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
पहिरोपीडितलाई रु २७ लाख सहयोग
गत साउन ३० गते जिल्लाको जुगल गाउँपालिकाको लिदी गाउँमा गएको पहिरोबाट पीडितलाई अहिलेसम्मकै बढी सहयोग रकम शनिबार हस्तान्तरण गरिएको छ । प्रवासमा रहेका तामाङ सङ्घसंस्थाबाट प्राप्त रु २२ लाख १२ हजार ४९५ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट उठेको रु चार लाख ८९ हजार २२५ गरी एकमुष्ट रु २७ लाख एक हजार ७२० रकम पीडित परिवारसमक्ष राहतस्वरुप हस्तान्तरण गरिएको हो ।
पीडितहरुको अस्थायी आवास क्षेत्र जुगल–१ स्थित बाँसखर्कमै पुगेर नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने संविधानसभा सदस्य दावा तामाङ, नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोलेलगायतको प्रतिनिधि टोलीले उक्त राहत रकम वितरण गरनेपाल तामाङ घेदुङका अनुसार पहिरोमा परी मृत्यु भएका १२ धरधुरीलाई रु ६० हजारका दरले रु सात लाख २० हजार, घर पूर्णक्षति भएका १७ घरधुरीलाई रु २५ हजारका दरले रु चार लाख २५ हजार र विस्थापित १४१ घरधुरीलाई रु १० हजारका दरले रु १४ लाख १० हजार राहतस्वरूप हस्तान्तरण गरिएको छ ।
प्रवासका संस्थाहरु तामाङ समाज बेल्जियमले रु चार लाख, तामाङ समाज जापानले रु तीन लाख ७० हजार, तामाङ सङ्घ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसानले रु तीन लाख ३२ हजार, तामाङ घेदुङ हङकङले रु तीन लाख आठ हजार, तामाङ घेदुङ युकेले रु दुई लाख एक हजार, नेपाल तामाङ घेदुङ बहराइनले रु एक लाख ५२ हजार सहयोग गरेका छन् । त्यस्तै नेपाल तामाङ घेदुङ कतारले रु एक लाख २० हजार ३८४, नेपाल तामाङ घेदुङ साइप्रसले रु एक लाख, मकाउ तामाङ घेदुङ एशोसिएशनले रु एक लाख १० हजार र नेपाल तामाङ घेदुङ मलेशियाले रु एक लाख चार हजार सहयोग उपलब्ध गराएका थिए ।
नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले उक्त सहयोग हस्तान्तरणमा समन्वयकारी भूमिका खेलेका थिए । साउन ३१ गते गएको पहिरोले लिदीका ३७ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएकामध्ये ३७ जनाको शव भेटिएको छ भने दुई अझै बेपत्ता छन् ।
लिदी पहिरोका विस्थापितलाई राहत सामग्री
जुगल गाउँपालिका–२ लिदीगाउँका पहिरो प्रभावितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोबाट विस्थापित भएर सेलाङको बाँसखर्कमा अस्थायी आश्रय लिइरहेका उनीहरुलाई शनिबार खानेपानी सञ्चयका लागि ट्याङ्की, कम्बल र मेडिकल सामग्री प्रदान गरिएको हो ।
शान्ति फाउण्डेशनद्वारा सङ्कलित राहत सामग्री वाग्मती प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले पहिरो प्रभावित र विस्थापितलाई वितरण गर्नुभयो । राहत वितरणका लागि बाँसखर्कस्थित अस्थायी आश्रयस्थलमा पुग्नुभएका नेपालसँग विस्थापित परिवारले स्थायी बासका लागि पहल गरिदिन आग्रह गरेका छन् । टेन्टमा जीवनयापन कष्टकर बनिरहेको भन्दै उनीहरुले तत्काल व्यवस्थित किसिमका अस्थायी संरचना बनाइदिन आग्रह गरे । पहिरोपछि लिदीवासीको जीवन रक्षाका लागि सुरक्षित स्थान खोजेर बाँसखर्क ल्याइएको स्मरण गर्दै नेपालले बर्खापछि स्थायी र सुरक्षित बासस्थान व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सिन्धुपाल्चोक घुम्थाङको नागपुजेमा पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो