२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाष्टले यन्त्र मानव प्रयोगमा ल्याउने

२०७७, १ आश्विन बिहीबार १५:५५

असोज १, ललितपुर (रासस) । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो । 

कार्यालयमा आगन्तुक पस्दा र निस्कदा यन्त्र मानवले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका प्रविधि सङ्काय साना जलविद्युत आयोजनाका प्रमुख रोशन पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिलाको स्वरुपमा निर्माण भइरहेको यसलाई ढोकामा राखिन्छ, यसले अभिवादन गर्ने, मास्क लगाएको वा नलगाएको छुट्टाउने, लगाए धन्यवाद व्यक्त गर्ने र नलगाए स्यानिटाइनर दिएर मास्क लगाउन दिनेछ ।” कार्यालयमा छिर्ने व्यक्तिले कार्यालयबारे जानकारी लिनुपरेमा कृत्रिम इन्टेलिजेन्समार्फत बोलेर श्रव्यदृश्यका साथ दोहोरो संवाद समेत गराउने पाण्डेले जानकारी गराउनुभयो । 

मूलुकमा आज आठाँै विज्ञान दिवस मनाइरहँदा नाष्टले ‘स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने यस वर्षको नारालाई आत्मसाथ गर्दै विज्ञान, प्रविधि र नवप्रवर्तनलाई यस प्रविधिको विकास गरेको छ । “ यन्त्र मानवले मानिसको तापक्रम जाच्ने छ”, उहाँले थप्नुभयो, “यसको उचाई पाँच फिट तीन इन्च र तौल ५५ किलोको हुनेछ ।”  ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ भन्ने नारालाई बढवा दिन देशका ३३ व्यक्ति, संस्थालाई पहिलो पटक सरकारी स्तरबाट अनुदान दिएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । 

कोभिड–१९ महामारीको सङ्क्रमणबाट बिरामी व्यक्ति र चिकित्सकलाई सजिलै जोगाउन ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’, ‘मोबाइल स्वाब कलेक्सन भ्यान,’ हात धुने र हात धुँदा अरुलाई सङ्क्रमण नफैलियोस भनेर दुई वटा ‘हयान्ड वास स्टेसन’, खुट्टाले थिचि हात धुन मिल्ने ‘फुट अपरेटेड स्यानिटाइजर डिस्पेन्सर’, अस्पतालमा स्वाब सङ्कलन गर्न प्रयोग हुने ‘स्वाब कलेक्सन बुथ’, अस्पतालमा बिरामी हेर्न जाँदा अपनाउनुपर्ने सावधानीका लागि ‘आइसोलेसन वार्ड’, सङ्क्रमण हटाउन ‘डिस इन्फेक्सन रोबट’, सङ्क्रमित व्यक्तिले खोक्दा र हाछयुँ गर्दा नाक र मुखबाट निस्किएका छिटाबाट सङ्क्रमण नफैलियोस भनी ‘नेगेटिभ प्रेसर स्ट्रक्चर हुड’ निर्माण गरिसकेको नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा. शङ्कर ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले कोरोनाका कारण सहरका घरमा खुम्चीएर रहेका हरेक उमेरका मानिसलाई व्यस्त बनाउन ‘कौशी करेसाबारी’ परियोजना अन्तर्गत ‘हाइड्रोपोनिक सिस्टम’ अर्थात माटो विना कौसीमा पानी, केमिकल र सफा ग्राभेलको प्रयोगमा तरकारी खेती गर्ने प्रविधिको अनुसन्धान समेत गरिरहेका छाँै ।”

यसैगरी २०७६ वैशाख ४ गते नेपाली वैज्ञानिकले जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा पहिलो पटक ‘नेपाली स्याट–१’ नामक नानो स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो