2026-09-12 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा सहज प्रसूति सेवाः नवजात शिशु सेवा अभाव

उमा केसी । असोज २,रोल्पा । रोल्पा अस्पतालमा सुरक्षित प्रसूति सेवा लिन गएकी रोल्पा नगरपालिका –८ जङ्कोटकी मेलिना बुढाले गत साउनमा छोरा जन्माउनुभयो । आमाको अवस्था सामान्य रहे पनि नवजात शिशुमा भने श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालले शिशुलाई जिल्ला बाहिर सिफारिश ग¥यो । थप उपचारका लागि जिल्ला बाहिर लैजानेक्रममा अक्सिजन सकिएपछि शिशुको बाटैमा मृत्यु भयो । 

सुरक्षित प्रसूतिका लागि गत भदौ दोस्रो साता रोल्पा अस्पताल भर्ना भएकी रोल्पा नगरपालिका –२ की रमिला थापाले शल्यक्रियाबाट शिशुको जन्म दिनुभयो । नवजात शिशुमा श्वासप्रश्वास समस्या देखिएपछि अस्पतालले जिल्ला बाहिर रिफर गर्यो । सुत्केरीविना नवजात शिशुलाई थप उपचारका लागि आफन्तले भैरहवास्थित अस्पताल लगे । करीब एक  हप्ताको उपचारपछि नवजात शिशुको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गर्यो । 

गत माघमा प्रसूति सेवा लिन रोल्पा अस्पताल पुगेकी रोल्पा परिवर्तन गाउँपालिका वडा ३ की गङ्गासरी बुढाले अस्पतालमा  शिशुलाई जन्म दिनुभयो । जन्मँदा स्वस्थ  शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालले जिल्ला बाहिर रिफर गर्यो । बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा एक महिनाको उपचारपछि नवजात शिशुमा स्वास्थ्य सुधार आएपछि बुढा परिवार रोल्पा फर्कियो । 

सुरक्षित प्रसूति सेवा दिइरहेको रोल्पा अस्पतालमा नवजात शिशुमा स्वास्थ्य समस्या देखिँदा भने पर्याप्त स्वास्थ्य सुविधा छैन । शल्यक्रियाद्वारा शिशु जन्माएको घाउ सुक्न नपाउँदै नवजात शिशुमा देखिने स्वाथ्य समस्याले रोल्पाका सुत्केरीले मानसिक र आर्थिक समस्या भोग्दै आएका छन् । 

अस्पताल विकास समितिका अध्यक्ष फबीन्द्र आचार्यले रिफर गरिएका बिरामीका लागि सम्बन्धित एम्बुलेन्सहरुले थप अक्सिजनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । 

प्रसूति सेवा लिन आउने आमा र शिशुको ज्यान बचाउन स्वास्थ्यकर्मीले अधिकतम प्रयास गरिरहने भए पनि शिशुहरु निसास्सिएर मृत्युसम्म हुने समस्या बढिरहेको बताउँदै  अध्यक्ष आचार्यले भन्नुभयो, “भेन्टिलेटर व्यवस्थापनका लागि प्रदेश सरकारसँग पहल गरेका छौँ ।” 

रोल्पा अस्पतालले १५ शय्याको मात्रै स्वाथ्य सेवा उपलव्ध गराइरहेकाले एनआइसियु सुविधा दिन नसकिएको बताउँदै अध्यक्ष आचार्यले अस्पतालको स्तर वृद्धिसँंगै ५१ शय्या पुगेपछि सो सुविधा उपलब्ध  हुने बताउनुभयो ।

कोभिड १९ महामारीपछि भएको लकडाउन अवधिमा रोल्पा अस्पतालमा प्रसूति सेवा लिन गएकामध्ये जन्मपछि श्वासप्रश्वासमा समस्या देखिएपछि सात नवजात शिशुलाई जिल्ला बाहिर रिफर गरिएको थियो भने तीन शिशुको मृत्यु भएको थियो । एउटा शिशुको पेटभित्रै मृत्यु भएको रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले जानकारी दिनुभयो । मृत्युका कारणमा तौल कम हुनु, महिना नपुगेर जन्मनु र निसास्सिनु रहेको जनाइएको छ । “जिल्लामा सञ्चालित अधिकांश एम्बुलेन्सहरुमा अक्सिजनको व्यवस्था नहँुदा बिरामीहरुलाई बाटामा समेत स्वास्थ्य समस्या हुने गरेको स्थानीय समाजसेवी रमेश बुढा वताउनु हुन्छ । “बिरामी बोकेर गएका त्यस्ता एम्बुलेन्स बाटामा बिग्रँदा धेरै बिरामीले ज्यान गुमाएका छन्”, बुढाले भन्नुभयो । अस्पतालले रिफर गरेको आफ्नो भाञ्जाको एम्बुलेन्समा अक्सिजन सकिँदा ज्यान गुमाएको पीडा बुढाले व्यक्त गर्नुभयो । 

जिल्लामा विशेषज्ञ सेवा नभएकाले यस्तो समस्या देखिएको रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाको भनाइ छ । “जिल्लामै विशेष सेवा उपलब्ध भए यस्ता समस्या हल हुँदै जान्छन्” डा बुढाले भन्नुभयो, “अस्पतालमा दिन सकिने जति सेवा दिइरहेका छौँ, थप सेवाका लागि जिल्ला बाहिर रिफर गर्नुको विकल्प हुँदैन ।” 

बन्दाबन्दीयता रोल्पा अस्पतालमा २३२ जनाले प्रसूति सेवा लिएका छन् । तीमध्ये १८३ जनालाई सामान्य, ४७ जनाको जटिल शल्यक्रिया र दुई जनाको भ्याकुम मेसिनबाट प्रसूति सेवा दिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । 

रोल्पामा एक जिल्ला अस्पताल र  दुई प्राथमिक स्वास्थ्य केन्द्रसहित ७२ वटै वडामा स्वास्थ्य संस्था रहे पनि  भौगोलिक विकटता, दक्ष स्वास्थ्यकर्मी र यातायातको असहजताका कारण हरेक वर्ष गर्भवती र नवजात शिशुले अकालमा ज्यान गुमाउने क्रम बढ्दो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल