2026-08-30 03:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुदूरपश्चिममा जबरजस्ती करणीका घटनामा वृद्धि

असोज २, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा जबरजस्ती करणीका घटना बढ्न थालेका छन् । पछिल्लो समय कोरोना भाइरस जोखिम हुन नदिन गरिएको बन्दाबन्दीको अवधिमा प्रदेशमा जबरजस्ती करणी र बलात्कारका घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

गत चैत महिनायता हालसम्म प्रदेशका नौवटै जिल्लामा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी कुल १५० वटा मुद्दा प्रहरीमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत चैतमा कैलालीमा छ, कञ्चनपुरमा तीन, बाजुरा र बझाङमा दुई÷दुई बैतडीमा एक गरी जबरजस्ती करणीका १४ वटा मुद्दा दर्ता भएका छन् । 

त्यसैगरी गत वैशाखमा कैलालीमा आठ, कञ्चनपुरमा तीन र डोटी, अछाम, बाजुरा र दार्चुलामा एक÷एक जबरजस्ती करणीका घटना प्रहरी कार्यालयमा दर्ता भएको बताइएको छ । गत जेठमा यहाँ जबरजस्ती करणीमा २३ र जबरजस्ती करणी उद्योगमा पाँचवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । गत असारमा भने मुद्दा बढेर जबरजस्ती करणीमा २५ र जबरजस्ती करणी उद्योगमा १२ वटा गरी ३७ वटा मुद्दा यहाँका जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कैलालीमा दुवै मुद्दा गरी २१ वटा मुद्दा दर्ता भएका छन् ।

गत साउनमा पनि जबरजस्ती करणीसम्बन्धी मुद्दा ३२ पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ । साउनमा जबरजस्ती करणीमा २१ र सोसम्बन्धी उद्योगमा ११ वटा मुद्दा दर्ता भएका छन् । भदौमा पनि जबरजस्ती करणीसम्बन्धी १५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार बन्दाबन्दीमा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका घटना विगतकै अवस्थामा रहेको छ । “विगतको तथ्याङ्क हेर्ने हो भने पनि केही तलमाथि बाहेक समान नै छ । बन्दाबन्दी भएर यस प्रकारका मुद्दा बढे वा घटे भनिहाल्नुपर्ने अवस्था छैन्”, उहाँले भन्नुभयो ।

ती घटनामा संलग्न अभियुक्तहरू कानूनी कारबाहीको दायरामा रहेको सिँहले जानकारी दिनुभयो । “अपराधमा संलग्नहरू यी मुद्दामा कोही पनि फरार रहेको अवस्था छैन”, उहाँले भन्नुभयो, “कोरोना कहरको जोखिमका बीच पनि प्रहरी गाउँबस्ती दूरदराजसम्म पुगेर सुरक्षाको आभास दिलाइरहेकै छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने