२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

२०७७, ६ आश्विन मंगलवार ०४:१४

असोज ६, सर्लाही । जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ । लालबन्दी नगरपालिका–२ निवासी ३३ वर्षीय शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “घर परिवारका मानिसदेखि समाजका अरु व्यक्तिले पनि गर्ने व्यवहार निकै फरक हुँदोरहेछ, मेरा दुई छोरा छन्, उनीहरु पनि तपाईँलाई कोरोना लागेको होइन, अलि पर बस्नुस् भन्छन् ।”

उहाँले भन्नुभयो, “म महिला सञ्जालमा काम गर्छु, समाजमा सबै खालका मुद्दाहरु आइरहन्छन् । समाजमा धेरै दिदीबहिनीसँग भेट हुन्छ, समाजमा सँगै बसिन्छ । एक दिन अचानक मलाई कमजोर महसुस भयो । अनि जाँच गराउँदा कोरोना भएको रहेछ । त्यसपछि घरमा आएर तीन दिन जति छुट्टै घरमा क्वारेन्टिनमा बसेँ । त्यही बेला स्वाब परीक्षणको रिपोर्ट आयो । शङ्का त लागेको थियो तर कमजोरी होला भन्ने सोचेकी थिएँ तर फ्याट्ट कोरोना देखियो ।” त्यसपछि लालबन्दी नगरपालिकाले तयार पारेको कृषि सामग्री कम्पनी लिमिटेडको भवनको आइसोलेसनमा दुई सातासम्म उपचार गर्न बस्दा व्यक्तिगत सरसफाइ र खानपिनले नै कोरोनालाई जितेको उहाँको अनुभव छ । बेला–बेलामा तातोपानी र बेसारपानी खाएको उहाँले सुनाउनुभयो ।

कोरोनालाई सामान्य सोच्नु नहुने बताउँदै उहाँले बिरामीको उपचारमा स्वास्थ्यकर्मीले सोचेभन्दा बढी सहयोग गरेको वान्तवाको भनाइ छ । लालबन्दी नगरपालिका–८ का वडाध्यक्षसमेत रहनुभएका ३५ वर्षीय राजनकुमार श्रेष्ठ पनि तातोपानी बेसार, जिरा र अदुवा पानी खाएर आफूले कोरोनालाई जितेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “कोरोना लाग्नेबित्तिकै शुरुमा निकै डर लागेको थियो, तर डराउन नहुने रहेछ । लागिहाले आत्तिहाल्नुपर्ने अवस्था हुँदोरहेनछ । कोरोना भनेको केही होइन रहेछ ।” कोरोना लागेपछि घरबाहिर समाजका व्यक्ति टाढा नै हुन खोज्ने पाएको बताउँदै उहाँले आफूले पनि अरु कोरोना सङ्क्रमितहरुसँगै आइसोलेनसनमै बसेर उपचार गरेको र आइसोलेसनमा बस्दा अरु कोरोना सङ्क्रमितको मनोबल नघटोस भनेर रमाइलो गरेको बताउनुभयो ।

जिल्लामा करिब दुई हजार २०० को हाराहारीमा कोराना सङ्क्रमण देखिएको भए पनि लालबन्दीमा ८४ जनामा मात्र कोरोना सङ्क्रमण देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । अहिले जिल्लाको एक मात्र नगरपालिका लालबन्दीमा कोरोना सङ्क्रमणका बिरामी एक जना पनि नरहेको नगर स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्रकुमार खतिवडाले बताउनुभयो । नगरमा देखिएका ८४ कोरोना सङ्क्रमित सबै कोरोना जितेर घर गइसकेका नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु