पासाङल्हामु राजमार्गमा बस सेवा पुनःसञ्चालन

साझासवाल
1 Min Read

असोज ६, रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाखण्डमा  बस सेवा पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका अनुसार  एक  यात्रुवाहक बस र दुई सुमो जीप दैनिक ओहोरदोहर  हुन थालेको छ ।

गाडीको क्षमता क्रमशः ३० र १० भए पनि  जनाको भए पनि  यात्रुको सङ्ख्या भने बढीमा दश र चार   मात्र देखिएको ट्राफिक प्रहरी इञ्चार्ज इन्द्रबहादुर  घिसिङले जानकारी दिनुभयो । अबका दिनमा बढ्न सक्ने सवारी साधन चापलाई ध्यानमा राखी ट्राफिक व्यवस्थापन मजबुत पारिसकिएको बताइएको छ ।

लामो दूरीको यातायात सञ्चालन गर्ने सरकारको निर्णय क्रमिक रूपमा कार्यान्वयन हुन थालेपछि अन्यत्र स्थानमा रोकिएका ग्रामीणवासी आफ्नो थातथलोतर्फ फर्किन थालिसकेको स्थानीयवासी टङ्कप्रसाद ढकालले जानकारी दिनु भयो ।

कोभिड–१९ रोकथामका लागि यात्रुले स्वास्थ्यको मापदण्ड पूरा गरेको देखिएको बताइएको छ । कोरोना नियन्त्रणका लागि लामो समयदेखि बन्द सार्वजनिक यातायात सेवाको सुरक्षा र यात्रामा यात्रुले गर्न सक्ने गैरकानूनी क्रियाकलाप रोक्न आवश्यक सुरक्षा जनशक्ति परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।

पासाङल्हामु राजमार्गका अधिकांश स्थान लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले सवारी साधनमा यात्रा गर्ने यात्रु वा अन्य मालवाहक सवारी चालकलाई सबै सामग्री सुरक्षा जाँचचौकीमा परीक्षण गराउनसमेत आग्रह गरिएको निकुञ्जले जनाएको छ । रासस

Share This Article
Leave a Comment

Leave a Reply