२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भारतीय सुरक्षाकर्मीको अबरोधले हलियाको घर निर्माण अधुरै

२०७७, ८ आश्विन बिहीबार ०४:४६

असोज ८, कञ्चनपुर । भारतीय अबरोधका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन् । सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अबरोध गरेपछि निर्माणको कार्य अधुरै रहेको हो । पुनः स्थापन कार्यक्रमअन्र्तगत सरकारले घर मर्मतका लागि रकम उपलब्ध गराएपछि झोपडीमा बस्दै आएका मुक्त हलिया परिवारले दुई वर्ष अघिदेखि घर निर्माणको कार्य शुरु गरेका थिए ।

घर निर्माण शुरु कार्य गरे भारतीय सीमा सुरक्षा बलले आएर अबरोध गर्न थालेपछि रातको समयमा प्लास्टिक छानो राख्नेसम्म कार्य भएको जानकारी दिँदै मुक्त हलिया परिवारका कमला सार्कीले भन्नुभयो, “छानो राख्न थालेपछि भारतीय सुरक्षाकर्मीले राख्न दिएनन् ।” भारतीय सुरक्षाकर्मीले छानामा जस्तापाता राख्न नदिएपछि प्लाष्टिक राखेर मुक्त हलिया परिवार निर्माण गरिएको घरमा बस्दै आएका छन् । कामलाका अनुसार भारतीय सुरक्षाकर्मीले आफूहरुलाई सो क्षेत्र भारतमा पर्ने भन्दै घर बनाउन रोक्दै आएका छन् । 

“भारतीय सुरक्षाकर्मीले घरमै आएर जग्गा खाली गर्नोस् भन्छन्”, ७० वर्षीया लक्ष्मी सार्कीले भन्नुभयो, “भारतीय सुरक्षाकर्मीको धम्कीको बेवास्ता गर्दै रातिका बेला घर निर्माण गरेका छौँ । छानो राख्न नदिँदा निकै समस्या भएको छ । वर्षाको पानी प्लाष्टिकको छानोबाट भित्र छिर्ने भएकाले अनिदोमै रात काट्नु परेको छ ।” भारतीय सुरक्षाकर्मीले दैनिक घरमै पुगेर जग्गा छोड्न धम्की दिँदै आए पनि मुक्त हलिया परिवार वर्षौदेखि बस्दै आएका जग्गा छोड्न तयार छैनन् । निर्माण गरिएको घरमा मुक्त हलिया परिवारले ढोकासमेत राख्न सकेका छैनन् । खुला ढोका भएको घरमै मुक्त हलिया परिवार बस्दै आएका छन् । 

“नेपाली भूमिमै घर निर्माण गरेका छौँ’, खडकबहादुर सार्किले भन्नुभयो, “यस क्षेत्रलाई छोडेर जादैनौँ । तीन दशक यसै ठाउँमा बिताएका छौँ । यो ठाउँ छाडेर अरु कुन ठाउँमा गएर बस्ने ? जग्गा भनेको यही नै हो । यत्तीका वर्ष यस क्षेत्रमा बसोवास गर्दा कसैले केही भनेनन् । हाल आएर भारतीय पक्षले जग्गा छोड्न दबाब दिँदै आएका छन् ।” नेपाली जग्गामै घर रहेकाले हटाउन नहुने नेपाली शुरक्षा निकायले भन्दै आएको मुक्त हलिया परिवारको भनाइ छ । मुक्त हलिया परिवार विगत ३० वर्षदेखि यस क्षेत्रमा बस्दै आएका छन् । 

विवादास्पद टनकपुर बाँध नजिकै घरबासका लागि मात्रै मुक्त हलिया परिवारसँग जग्गा रहेको छ । मुक्त हलिया परिवार एलानी जग्गामा बस्दै आएका छन् । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार मुक्त हलिया परिवार नेपाली भूभागमा वर्षौदेखि बस्दै आएकाले सरकारले पुनः स्थापन कार्यक्रमअन्र्तगत घर मर्मतका लागि रकम उपलब्ध गराएको बताउनुहुन्छ । नेपाली भूभागमै बस्दै आएका मुक्त हलिया परिवारमाथि भारतीय शुरक्षा निकायले पटकपटक आएर धमक्याउने कार्य कदापी सैह्य नहुने उहाँले बताउनुभयो । पूर्वसीमा सर्भेक्षक मानसिंह भण्डारी मुक्त हलिया परिवार बस्दै आएको नेपाली भूभाग भएको बताउनुहुन्छ । “मुक्त हलिया परिवार वर्षौदेखि त्यस क्षेत्रमा बस्दै आएका छन्”, उहाँले भन्नुभयो, “त्यो भूभाग नेपालको हो । टनकपुर बाँध निर्माण गर्दा भारतीय पक्षले सीमा स्तम्भ बाँध भित्र पारेपछि अनावश्यक बखेडा झिक्दै आएको छ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी