सुन १४, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितका लागि यहाँका क्रियाशील पत्रकार राहत सङ्कलन अभियानमा जुटेका छन् । 

अभियानको पहिलो दिनमै बिहीवार रु एक लाखभन्दा बढी राहत सङ्कलन भएको छ । रु ७५ हजार नगद र ३० हजार बराबरको लत्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुन १४, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितका लागि यहाँका क्रियाशील पत्रकार राहत सङ्कलन अभियानमा जुटेका छन् । 

अभियानको पहिलो दिनमै बिहीवार रु एक लाखभन्दा बढी राहत सङ्कलन भएको छ । रु ७५ हजार नगद र ३० हजार बराबरको लत्ता"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका पत्रकारद्वारा राहत सङ्कलन

२०७३, १४ श्रावण शुक्रबार ०४:४२

सुन १४, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितका लागि यहाँका क्रियाशील पत्रकार राहत सङ्कलन अभियानमा जुटेका छन् । 

अभियानको पहिलो दिनमै बिहीवार रु एक लाखभन्दा बढी राहत सङ्कलन भएको छ । रु ७५ हजार नगद र ३० हजार बराबरको लत्ताकपडा सङ्कलन भएको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका सचिव दिल शिरीषले जानकारी दिए । 

महासङ्घ, ‘सन्तुलित’ साप्ताहिक, ‘परिसूचन’ साप्ताहिक र ‘कैफियत’ अनलाइनको समन्वयमा अभियान चलाइएको हो । बाढीपहिरोबाट प्रभावितका लागि थोरै भए पनि सहयोग पुगोस् भनेर अभियान सञ्चालन गरिएको सचिव शिरीषले बताए । 

राहत सङ्कलन अभियान यही साउन २२ गतेसम्म सञ्चालन गरिने परिसूचन साप्ताहिकका कार्यकारी सम्पादक विजय रानाले बताए । सङ्कलित राहत जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर प्रभावितसम्म पु¥याइने बताइएको छ । महासङ्घले प्रभावितका लागि सक्दो सहयोग गर्न विभिन्न सङ्घसंस्था, व्यापारिक प्रतिष्ठान, वित्तीय संस्था र व्यक्तिलाई आग्रह गरेको छ । 

त्यस्तै जिल्ला बाहिर र विदेशमा रहनुहुने व्यक्तिले परिसूचन साप्ताहिकको नेपाल बैंकमा रहेको खाता नं ०२२००१०११३८५८००००००१ मा रकम जम्मा गर्न सकिने व्यवस्था समेत गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो