Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ

By साझासवाल

असोज २०, महेन्द्रनगर । कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी पुर्याउँदै आएका भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका ५५ वर्षीय व्यापारी सुशील गर्गलाई नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० स्थित गड्डाचौकीबाट प्रक्राउ गरिएको छ ।

“अभियुक्त गर्गलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएका छौँ”, उहाँले भन्नुभयो, “उक्त सङ्गठित अपराध मुद्दा पनि टेकुबाटै चलेको थियो ।” उक्त मुद्दामा कृषि विकास बैंक मुख्य कार्यालयका तर्फबाट कानून विभागको कामु शाखाप्रमुख देवीप्रसाद पोखरेलले जाहेरी दिएका थिए । उक्त मुद्दामा अझै केही व्यक्तिहरु फरार रहेको प्रहरीको भनाइ छ । गर्गलाई जिल्ला प्रहरी कार्यालयले कारबाहीका लागि काठमाडौँ पठाइसकेको छ ।

अभियुक्त गर्गको महेन्द्रनगर साइनो

सीमावर्ती भारतीय बजार बनबासामा जुत्ता÷चप्पलका थोक बिक्रेता सुशील गर्गको व्यापार कञ्चनपुरको महेन्द्रनगरसम्म विस्तार थियो । उनी महेन्द्रनगरका व्यापारीलाई सामान दिएर पैसा सङ्कलन गर्न यहाँ आवतजावतसमेत गर्ने गरेको यहाँका व्यापारीहरुको भनाइ छ ।

गत वर्ष अभियुक्त गर्गले लामो समयदेखि चिनजान भएका भीमदत्त नगरपालिका–६ बैजनाथ टोलका व्यापारी यज्ञराज भट्टलाई फसाएर पैसा असुल्ने षडयन्त्र बनाए । महेन्द्रनगरका व्यापारी भट्ट यतिबेला सोही सङ्गठित अपराध मुद्दामा आरोपित भई केन्द्रीय कारागार काठमाडौँमा पुर्पक्षका लागि जेलजीवन बिताइरहेका छन् ।

गर्ग पक्राउ परेपछि राससको सम्र्पकमा आएका भट्टका भाइ ललितप्रसाद भट्टले दाजुले अनावश्यक दुःख पाउँदा परिवारको बिचल्ली भएको बताउनुभयो । “पक्राउ परेका गर्गका भतिजा अन्नु गर्गसित दाइको चिनजान थियो, सोही आधारमा गर्गले दाइलाई साथीले पैसा पठाउँदैछ भनेर कृषि विकास बैंकको खाता नम्बर मागे”, ललितले भन्नुभयो, “विश्वासले दाइले कृषि विकास बैंकमा भएको खाता नम्बर दिए र रु ४५ लाख पैसा आयो ।”

सो रकम गर्ग काका/भतिजा (सुशील र अन्नु) ले पटक–पटक बैंकबाट झिकेर लगेको भट्टको भनाइ छ । “हाम्रो कृषिमा ऋण कारोबार रहेकाले खाता थियो”, उहाँले भन्नुभयो, “दाइको विश्वासले खाता नम्बर दिनाका साथै उक्त खातामा आएको पैसासमेत झिकेर दिएपछि थाहा भयो त्यो विद्युतीय माध्यमको दुरुपयोग गरी पैसा निकालिएको रहेछ भनेर ।”

प्रहरीका अनुसार फरार रहेका सुशीलसँगै उनका भतिजा अन्नुसमेत अहिले फरार सूचीमा छन् । “गर्गले साथीले पैसा पठाउनुपर्ने मेरो यहाँ खाता छैन भनेपछि दाइ विश्वासमा पर्नु भयो”, भट्टले भन्नुभयो, “चिनजान लामो भए पनि विश्वास गर्नु रहेनछ ।” रासस