2026-09-12 08:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

फरार महिला पक्राउ

असोज २१, कञ्चनपुर । विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

ज्यान मार्ने उद्योग कसुरमा चन्दलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले विसं २०७४ भदौ २० गतेको फैसलाअनुसार पाँच वर्ष कैद सजाय तोेकेको थियो । अदालतले कैद तोकेपछि चन्द फरार रहेकी थिइन् ।  पक्राउ परेकी चन्दलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

बरामद सामान भन्सार कार्यालयमा बुझाइयो 

भन्सार छलेर ल्याइएको रु एक लाख एक हजार १७५ मूल्य बराबरका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरी मङ्गलबार भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१० भुडा र बेलडाँडी गाउँपालिका–२ चवन्नी क्षेत्रबाट भन्सार छली गरी ल्याएका मटर दाल ५७५ किलो, फलामको फरुवा (कसी) ४५ थान, फलामको नटबोल्ड ५० किलो, घाँसको बीउ ४५ किलो, तामिल बिडी १०० बण्डल, सुदर्शन मिठो सुपारी ४९ प्याकेट, तुलसी चिया ६० प्याकेट, त्रिशूल कल्पला सुर्ती ४८ प्याकेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । जसको अन्दाजी मूल्य रु ९२ हजार ४७५ रहेको छ ।

यसैगरी भीमदत्त नगरपालिका–४ का ३० वर्षीय रिहोत देवलमातीलाई भन्सार छलेर ल्याइएका मोटरसाइलका पाटपूर्जासहित प्रहरीले पक्राउ गरी सामानसहित भन्सार कार्यालयमा बुझाएको छ । मातीबाट रु आठ हजार ७०० रकम बराबरको मोटरसाइलका पाटपूर्जा बरामद भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन