२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

त्रिदेशीय राजमार्गअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन विदुरको आग्रह

२०७७, २२ आश्विन बिहीबार १५:४१

असोज २२, नुवाकोट (रासस) । विदुर नगरपालिकाले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन आग्रह गरेको छ । सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीमार्फत प्रधानमन्त्रीलाई पत्र पठाउँदै नगरपालिकाले राष्ट्रिय गौरवको आयोजनाको निर्माणको मुआब्जामा भेदभाव नगर्न आग्रह गरेको हो । 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक र रसुवागढी नाका निरीक्षणका लागि आउनुभएका परराष्ट्रमन्त्री ज्ञवालीलाई उक्त पत्र दिइएको हो ।  सडक आयोजनाले गल्छी–रसुवागढी ८२ किमी सडकको पीपलटार–गल्छी खण्डको आठ किलोमिटर सडक पासाङल्हामु मार्गमा परेको र २०३४ सालमा नै सडक सीमा कायम भएको जनाउँदै मुआब्जा दिन नसकिने भनी मुआब्जा प्रक्रिया अघि नबढेपछि स्थानीयवासीले मुआब्जाको माग गर्दै आइरहेका छन् । 

नगरपालिकाका प्रमुख सञ्जु पण्डितले हस्ताक्षर गरेको पत्रमा विगतमा पटकपटक सबैलाई मुआब्जा दिने भनिए पनि पछिल्लो समय पीपलटार–ढुङ्गे खण्डलाई छुट्याइएकाले समेट्न आग्रह गरिएको छ ।

सरकारले जग्गा प्राप्ति ऐनअनुसार सूचना जारी नगरेको, स्थानीयवासीलाई जानकारी नगराएको र अहिलेसम्म पनि सडकको लगतकट्टा नगरेकाले स्थानीयवासीले भोगचलन, भूमिकर पनि तिर्दै आएको र सडकसीमाभित्र भनिएका जग्गामा नगरपालिकाबाट नक्शापास गराई घरसमेत बनेको तथा किनबेच पनि भइरहेको जग्गाको अहिले मुआब्जा दिन नमिल्ने भनेर भेदभाव गर्न नहुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

विसं २०३४ मा सडक सीमा कायम गरिए पनि व्यक्तिको जग्गा प्राप्ति गर्दा अपनाउनुपर्ने कुनै प्रक्रिया पूरा नगरिएको, अनिवार्य क्षतिपूर्ति दिने भनिए पनि कोही कसैलाई नदिइएकाले तथा पहिले पासाङल्हामु मार्गमा परेको र अहिले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकमा परेकाले उचित मुआब्जा दिनुपर्ने नगर प्रमुख पण्डितले बताउनुभयो । 

सो क्षेत्रको सडकको केन्द्रदेखि दायाँबायाँ १५÷१५ मिटर जग्गाको मुआब्जा दिनका लागि विगतमा पनि छलफल भएको तथा स्थानीय तह, स्थानीय प्रशासन र  सडक योजनाको कार्यालयका प्रतिनिधिबीच मुआब्जा प्रक्रिया शुरु गर्ने सहमतिसमेत भइसकेको जानकारीसमेत गराइएको थियो ।

नगर प्रमुख पण्डितले गल्छीदेखि देवीघाटसम्म मुआब्जा वितरण गर्नेक्रम अन्तिम चरणमा रहेको, गेर्खुपट्टिको भागमा पनि मुआब्जा वितरणको प्रक्रिया प्रारम्भ भइसकेको र पीपलटार–ढुङ्गे खण्डलाई मात्र मुआब्जा नदिनु प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको बताउनुभयो । 

पत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले सो विषयमा प्रधानमन्त्रीसँग नै भेटेर गहन छलफल गरिने बताउनुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले यसको स्तरोन्नतिलाई पूर्णता दिन सबै पक्षको सकारात्मक सहभागिताको खाँचो रहेको बताउनुभयो । 

‘यो सडक नेपालको विकासको लाइफलाइन हो । यसलाई सरकारले निकै महत्वपूर्ण रुपमा लिएको छ भने चीनले पनि यो सडकलाई प्राथमिकतामा राखेको छ । समस्यामा अल्झिनु हुन्न । बसेर छलफल गरी टुङ्गोमा पु¥याउनुपर्छ’, मन्त्री ज्ञवालीले भन्नुभयो । 

मन्त्री ज्ञवालीले  त्रिदेशीय सडक भएकाले यसको महत्व धेरै रहेको जनाउँदै सरकार समस्यासँग भागेर होइन, समाधान गरेर निर्माणलाई पूर्णता दिने पक्षमा सधैँ रहेको समेत बताउनुभयो । 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले भने २०३४ सालमा राजपत्रमा सूचना निकालेर बालाजु–ककनी–त्रिशूली सडकको सडकसीमा कायम गरिसकेकाले पीपलटार–ढुङ्गे खण्ड गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकमा परे पनि मुआब्जा दिन नमिल्ने भन्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह