Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७७ असोज २५ गते, बिहान ९:२२ बजे काठमाडौँ - KTM, भक्तपुर - BKT, समाज

भक्तपुरका गेष्टहाउसमा प्रहरीको छापा, १४ जना पक्राउ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज २५, काठमाडौं । भक्तपुरको ठिमी क्षेत्रमा संचालित गेष्ट हाउसहरुबाट प्रहरीले छापा हानेको छ । प्रहरीले गेष्टहाउसमा अमर्यादित क्रियाकलाप भईरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा गेष्टहाउस संचालकसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ७ जना महिला र ७ जना पुरुषहरु रहेका छन् ।

छापा मारिएका गेष्ट हाउसमा लकडाउन खुलेपछि असामाजिक कृयाकलापहरू बढेको सूचनाको आधारमा प्रहरीले शनिबार सुनकोशी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको थियो ।

छापा मार्ने क्रममा सुनकोशी गेष्ट हाउसबाट धनुषाको धारापानी घर भएका २० वर्षीय कमल गिरी, मध्यपुर ठिमी नगरपालिका–७ बस्ने ३० वर्षीय रमेश घजु र दोलखाको भिमेश्वर–४ घर भै हाल नयाँठिमी बस्ने २० वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै सनसाइन गेष्ट हाउसका संचालक रामेछाप घर भइ कौशलटार बस्ने ३८ वर्षीय दिलध्वज खड्का, दाङको राजपुर घर भई ललितपुरको बालकुमारी बस्ने २४ वर्षीया महिला, मोरङको केराउन–४ घर भई हाल भक्तपुरको कमलबिनायक बस्ने ३५ वर्षीया महिला, भक्तपुरको चाँगुनारायण–७ का ४७ वर्षीय पुरुष र भोजपुरको षडानन्द–११ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीय पुरुष पक्राउ परेका छन् ।

त्यस्तै बालकुमारी गेष्ट हाउसका संचालक कालिकोटको नरनाथ–५ घर भई हाल नयाँठिमी बस्ने २४ वर्षीय नरेश बोगटी, सिन्धुलीको गैरीगाउँ–४ घर भई हाल नयाँठिमी बस्ने ३२ वर्षीया महिला, काभ्रेको रोशी–२ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीया महिला, सिन्धुलीको भिमान–२ घर भई जोरपाटी बस्ने २४ वर्षीया महिला, सुनसरीको धरान घर भई हाल लुभु बस्ने २२ वर्षीया महिला र मकवानपुरको कैलास गाउँपालिका–२ घर भई हाल नयाँठिमी बस्ने २७ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त ठिमीमा राखेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी ऋषिराम कँडेलले जानकारी दिए ।