गौरव पोखरेल | साउन १५, झापा । माओवादी सशस्त्र द्वन्द्वका समयमा बिस्फोट गराइएका झापाका १९ वटा इलाका प्रहरी कार्यालयको भवन पुनर्निर्माण हुन नसक्दा प्रहरीलाई दैनिक कार्यसम्पादन गर्न कठिनाइ मात्र भइरहेको छैन, प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल | साउन १५, झापा । माओवादी सशस्त्र द्वन्द्वका समयमा बिस्फोट गराइएका झापाका १९ वटा इलाका प्रहरी कार्यालयको भवन पुनर्निर्माण हुन नसक्दा प्रहरीलाई दैनिक कार्यसम्पादन गर्न कठिनाइ मात्र भइरहेको छैन, प"/>
2026-07-03 09:20 PM
झापा - JP

जनताको सुरक्षा गर्ने प्रहरी आफैं असुरक्षित

गौरव पोखरेल | साउन १५, झापा । माओवादी सशस्त्र द्वन्द्वका समयमा बिस्फोट गराइएका झापाका १९ वटा इलाका प्रहरी कार्यालयको भवन पुनर्निर्माण हुन नसक्दा प्रहरीलाई दैनिक कार्यसम्पादन गर्न कठिनाइ मात्र भइरहेको छैन, प्रहरी आफै असुरक्षित महसुस गर्छन् । 

द्वन्द्वकालमा बिष्फोट गराइएका झापाका २५ वटा प्रहरी कार्यालयका भौतिक संरचनामध्ये अझै १९ वटा पुनर्निर्माण हुन बाँकी नै छ । मध्यदक्षिण झापाको कुमरखोदसहित कोरोबारी, गौरादह, शिवगञ्ज, तोपगाछी लगायतका प्रहरी चौकीको भवन जीर्ण छन् । 

त्यस बेला ध्वस्त पारिएका प्रहरी कार्यालयहरुको हालसम्म पनि पुनर्निर्माण भइनसक्दा केही प्रहरी कार्यालयहरु भाडाका घरमा समेत छन् । केही कार्यालयहरु स्थानीय जनश्रमदान र स्थानीय निकायबाट प्राप्त न्यून बजेटबाट अस्थायी टहरामा छन् ।  

झापाको दक्षिणी गाविस कुमरखोदमा रहेको इलाका प्रहरी कार्यालयले त्यस क्षेत्रका करिब ३० हजार जनसङ्ख्या रहेको तीनवटा गाउँ विकास समितिको सुरक्षा गर्नुपर्छ । कुमरखोद, टाघनडुब्बा र शरणामती गाविस यसका कार्यक्षेत्रभित्र पर्छन् ।


माथिको तश्विरमा: ईलाका प्रहरी कार्यालय, कुमरखोद । 

त्यस्तै, कोरोबारी प्रहरी चौकीले कोरोबारी गाविस, गौरादह प्रहरी चौकीले गौरादह नगरपालिका, शिवगञ्ज प्रहरी चौकीले शिवगञ्जसहित पाँचगाछी क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका छन् । 

तर, झापाका प्रहरी प्रवक्ता हरिराज शर्माका अनुसार त्यहाँको प्रहरी कार्यालय जीर्ण हुँदा प्रहरीसँग रहेका हतियार समेत असुरक्षित छन् । 

ध्वस्त अधिकांश प्रहरी कार्यालयहरु चार दशक अघि निर्र्माण गरिएका भवन हुन् । अहिले कतिपय स्थानमा गाविस र स्थानीयको सहयोगमा अस्थायी टहरा बनाउने काम भइरहेको छ । 

‘कार्यालय भवन निक्कै कमजोर छ’, कुमरखोदका सहायक प्रहरी निरीक्षक मोहन भुजेलले भन्छन्, ‘छत खस्ने हो कि भनेर जति बेलै चिन्ता भइरहन्छ ।’ 

उनले दुःखले प्रहरीले काम गर्नु परिरहेको बताए । ‘द्वन्द्वकालमा ध्वस्त हुँदा भएको क्षतिको विषयमा तथ्याङ्कहरु माथि पठाइसकेका छौँ’, उनले थपे, ‘तर, अहिलेसम्म केही भएको छैन ।’ 

‘थुनुवा कोठाको पनि हालत नाजुक छ’, त्यहाँ कार्यरत प्रहरीहरु भन्छन्, ‘कार्यालयको अवस्था नै यस्तो भएपछि हतियार लगायतका वस्तु त असुरक्षित छन् नै यसका साथै कानुनविपरीत काम गर्नेलाई थुन्न सक्ने स्थानको समेत अभाव भएको छ ।’

सशस्त्र द्वन्द्वकालमा माओवादीले बम पड्काएर ध्वस्त पारेको प्रहरी कार्यालय कुमरखोदको छानाको रडमुनिका सिमेन्ट सबै उक्किएर झरेको छ । 

प्रायः प्रहरीहरु कार्यालय भवन बाहिरै बस्छन् । भित्र छिर्न उनीहरुलाई भयको स्थिति छ । सर्वसाधारणलाई सुरक्षा दिने प्रहरीहरु त्यहाँ आफै असुरक्षित भएर बस्न बाध्य छन् । 

कुमरखोदको इलाका प्रहरी चौकी त एउटा उदाहरण मात्र हो । जीर्ण रहेका धेरै जसो प्रहरी कार्यालयको अवस्था नाजुक छन् । यसले प्रहरी आफै कति असुरक्षित छन् भन्ने देखाउँछ । 

स्थानीय भन्छन्, ‘आम जनताको सुरक्षाका लागि बस्ने प्रहरीको घरको नै यस्तो हालत छ भने अरु असुरक्षित छन् भन्ने थाह भइहाल्छ ।’

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार माओवादी सशस्त्र द्वन्द्वका बेला देशभर ८ सय ७४ प्रहरी कार्यालय आंशिक तथा पूर्ण ध्वस्त बनाइएका थिए । 

जसमा अहिलेसम्म पनि अधिकांश प्रहरी संरचनाहरुको पुनर्निर्माण हुन सकेको छैन । केही हुने क्रममा छन् । मेची अञ्चलमा मात्र ५२ वटा प्रहरी कार्यालय ध्वस्त पारिएको थियो । 

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको शान्तिकोष सचिवालयमार्फत प्रहरी संरचनाको पुनर्निर्माणको काम भइरहेको छ । 

तर, थुप्रै संरचनाहरु निर्माणाधीन अवस्थामा नै छन् । सबै निर्माण भइसक्न कति समय लाग्छ अत्तोपत्तो छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो