२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मझगाउँ विमानस्थल सञ्चालनका लागि दश प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने

२०७७, १ कार्तिक शनिबार ०९:३३

कात्तिक १, कञ्चनपुर (रासस) । सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाको कारण देखाउँदै बन्द भएको कञ्चनपुरको भीमदत्त नगरपालिकाको मझगाउँस्थित विमानस्थल सञ्चालनका लागि लाग्ने खर्चको १० प्रतिशत रकम महाकाली नगरपालिकाले व्यहोर्ने भएको छ ।

विमानस्थल सञ्चालन गर्न बसेको नगरपालिकाको बैठकले नेपाल नागरिक तथा हवाई उड्ययन प्राधिकरण र स्थानीय तहको लागत साझेदारीमा विमानस्थल निर्माण तथा सञ्चालनका लागि लाग्ने कूल रकममध्ये १० प्रतिशतले हुन आउने रकम लागत साझेदारी स्वरुप व्यहोर्ने प्रतिबद्धता जाहेर गर्ने निर्णय गरेको छ । प्राधिकरणले आगामी फागुनदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि कार्य अगाडि बढाउने तयारी गरेको छ ।

प्राधिकरणले विमानस्थल सञ्चालन गर्नका लागि स्थानीय तहको साझेदारी अपेक्षा गरेपछि महाकाली नगरपालिकाले खर्च व्यहोर्ने प्रतिबद्धता गरेको हो । महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनारले यस क्षेत्रको विकासका लागि विमानस्थल सञ्चालन हुनुपर्ने बताउनुभयो ।

गत आवमा समेत नगरपालिकाले विमानस्थल सञ्चालनका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । केही दिनअघि प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल सञ्चालनका लागि निरीक्षणको कार्य गरेको छ । बन्द विमानस्थल सञ्चालनका लागि गत वर्ष सम्भाव्यता अध्ययनको कार्यसमेत गरिएको थियो 

प्राधिकरणले विमानस्थल सञ्चालनका लागि रनवे, टर्मिनललगायत भौतिक संरचना निर्माण गर्न रु ३७ करोड बजेट अनुमान गरिएको छ । गत वर्ष प्राविधिक समितिले ती सबै संरचनासहित विमानस्थल सञ्चालनका लागि रु ६४ करोड बजेट चाहिने अनुमान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो