Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आइसोलेसनबाट फरार थुनुवा पक्राउ, गाँजासहित तीन जना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १, सिरहा | सिरहाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले पक्राउ परेको छ ।

चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका–१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको झ्यालबाट हामफालेर फरार भएका थिए । उनलाई लहान नगरपालिका–१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वाब परीक्षणका क्रममा गत साउन २८ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि यादवलाई महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी त्यहीँबाट फरार भएका थिए ।

गाँजासहित  पक्राउ

प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहाको बरियारपट्टिबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको प्रहरी टोलीले बरियारपट्टि गाउँपालिका–१ खोक्सीस्थित भारतीय सीमा क्षेत्रबाट करीब पाँच किलो गाँजासहित बरियारपट्टि–१ निवासी गणेश शर्मा, औरही गाउँपालिका–२ तुलसीपुर निवासी श्रवणकुमार यादव र गणेश यादवलाई पक्राउ गरेको हो ।

स९प ३९१० र स११प ३५४० नंको मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिनुभयो । रासस