साइपाल गाउँपालिकामा आँखा शिविर सुरु

साझासवाल
1 Min Read

कार्त्तिक २, बझाङ । हिमाली गाउँपालिका साइपालमा आँखा शिविर शुरु भएको छ ।   शनिबारदेखि शुरु भएको शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया तथा उपचार गएिको छ ।

सुदूरपश्चिम प्रदेश सरकार, तिलगङ्गा आँखा अस्पताल काठमाडौँ, गाउँपालिका र जिल्ला अस्पतालको आयोजनामा  भएको आँखा तथा बृहत् स्वास्थ्य शिविरमा  भिडियो एक्सरे, हाइड्रोसिल जाँचलगायत स्वास्थ्य सेवासमेत प्रदान गरिएको जिल्ला अस्पतालका प्रमुख  डा सन्दीप ओखेडाले बताउनुभयो ।  आँखाको समस्या देखिएका धेरै बिरामी भएका कारण स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीको भनाइ थियो ।

गाउँपालिकाले असोजमा ९२३ जनाको सामान्य जाँच तथा आँखा परीक्षण गरेकामा ६४३ ज्येष्ठ नागरिकमा आँखाको समस्या देखिएपछि तिलगङ्गा आँखा अस्पतालका कार्यकारी निर्देशक  डा  रीता गुरुङलगायत नौ चिकित्सकसहित ४०  स्वास्थ्यकर्मीको टोली उक्त ठाउँमा पुगेको हो । शिविरमा आज बिहानसम्म करीब एक हजार चार सय बिरामीको  जाँच गरिएको, १३५ जनालाइ चश्मा वितरण गरिएको    ३६ जनाको आँखाको शल्यक्रिया गरिएको शिविर टोलीमा सहभागी पत्रकार वसन्तप्रताप सिंहले जानकारी दिनुभयो ।

पहिलोपटक स्थानीयस्तरमै शिविर सञ्चालन भएपछि स्थानीयवासी खुशी भएका छन् ।  धेरै पैसा खर्च गरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको  गाउँपालिका काँडा घर भएका बमबहादुर बोहोराले बताउनुभयो । शिविरको उद्घाटन सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले  गर्नुभएको थियो । रासस

Share This Article
Leave a Comment

Leave a Reply