१० चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रदेश राजधानीमा जग्गा कारोवार बन्द गर्न आग्रह

४ कार्तिक २०७७, मंगलवार ०७:४५

कार्त्तिक ४, देउखुरी । राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भइरहेको वा हुन सक्ने गैरकानूनी जग्गा कारोबार बन्द गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना प्रकाशन गर्दै  बन्द नभए कठोर कदम चाल्ने चेतावनी दिएको छ ।

प्रदेशसभाबाट गत असोज २० गते राप्ती उपत्यका( देउखुरी) लाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित भएको थियो । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएका क्षेत्रमा राप्ती गाउँपालिकाको क्षेत्रसमेत पर्ने भएकाले सो क्षेत्रभित्र जग्गाको किनबेच हाल रोक्का गरिएको जानकारी दिनुभयो ।  कुनै पनि व्यक्तिलाई जग्गा गैरकानूनी किनबेच नगर्न तथा नगराउन अनुरोध गर्नुभएको छ ।  गाउँपालिकाले आफ्नो भूउपयोग नीति तयार गरेकाले सबै क्षेत्रमा घर घडेरीका रुपमा जग्गा विकास गर्न नमिल्ने पनि जानकारी गराएको छ । प्रदेश सरकारबाट राजधानीको पूर्वाधार तयार पार्ने सम्बन्धमा जग्गाको लगत सङ्कलन गर्ने कार्य भइरहेको छ । लगतका आधारमा गुरुयोजना तयार गरिसकेपछि मात्र जग्गा किनबेच  तथा अन्य कार्य  हुने सम्भावना भएकाले हाल जग्गाको कुनै पनि कारोवार गर्न निषेध गरिएको छ । 

प्रदेश तथा स्थानीय सरकारले जग्गा रोक्का राखेका अवस्थामा गैरकानूनी कागजात/तमसुक गरी गरिएका खरीदबिक्री मान्य नहुने र कागजात पनि जफत हुने  अध्यक्ष सुवेदीले बताउनुभयो । 

मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा ३६ मा रु ५० हजारभन्दा बढी रकमको घरसारमा तयार भएको लिखत सम्बन्धित पक्षका उपस्थितिमा वडा समितिको कार्यालयबाट प्रमाणित गराउनुपर्ने प्रावधानसमेत रहेकाले प्रमाणित नगराइएका उक्त काजगात आधिकारिक नहुने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्युपछि तनाव घरमा बाल्न भन्दै काठमाडौँको सडकबाट ‘बल्ब’ चोरेपछि… भेटी टिप्ने क्रममै विवाद भएपछि राईको हत्या नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने, अमेरिकाले फेरि दियो अनुमति लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग कानुन उल्लंघन गर्नेमाथि कठोर बन्दै साउदी सरकार : एक हप्तामा २५ हजार अवैध आप्रवासी पक्राउ अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु, १५ घाइते करेन्ट लागेर गोरखामा एक जनाको मृत्यु सुशान्तको मृत्यु प्रकरण: सीबीआईले बुझायो अन्तिम प्रतिवेदन काठमाडौँमा बसले किच्दा एक व्यक्तिको मृत्यु बसको सिटमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो नाउपाको बैठकमा सीके राउतको सम्बोधन, रेशम र रञ्जिताबारे के भने ? भिम रावलले उठाए ओली नेतृत्वको सरकारले गरेका काममा प्रश्न प्याजको भाउ बढ्यो, कति पुग्यो किलोको? भक्तपुरमा ढुंगाले हिर्काएर एक पुरूषको हत्या तालिबानको दाबी- अमेरिकाले हाम्रा ३ नेताविरुद्ध घोषित इनाम हटायो पश्चिमी वायुको प्रभाव कायमै, वर्षा र हिमपातको संभावना के छ ?