पढ्न करिब 1 मिनेट लाग्छ
<p>कात्तिक १७, बैतडी (रासस): बैतडीमा ढंङ्गाले लागेर एक महिला मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका ८ खोडपेका ४० वर्षीया कौशा विष्ट रहेका छन् । <br></p><p>खोडपे–सौखाया सडकखण्डको खोल्देखाली भन्ने स्थानमा गिट्टी निकालिरहकी कौशाको माथिबाट आएको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय कृष्ण विष्टले जानकारी दिनुभयो । </p><p> गम्भीर घाइते कौशाको उपचारको लागि डडेल्धुरा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । </p>

