साउन १६, खोटाङ | खोटाङका शिक्षा तथा समाजसेवी इमानसिं राईलाई सहिद ‘मनोज प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । शिक्षा र समाजेसवाका माध्यमबाट जिल्लामा पुर्याएको योगदानको कदरस्वरुप दिक्तेल नगरपालिका–७ बाम्राङका ९१ वर्षीय राईलाई शनिबार साँझ पुरस्कृत गरिएको हो । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, खोटाङ | खोटाङका शिक्षा तथा समाजसेवी इमानसिं राईलाई सहिद ‘मनोज प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । शिक्षा र समाजेसवाका माध्यमबाट जिल्लामा पुर्याएको योगदानको कदरस्वरुप दिक्तेल नगरपालिका–७ बाम्राङका ९१ वर्षीय राईलाई शनिबार साँझ पुरस्कृत गरिएको हो । <"/>
2026-07-03 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शिक्षासेवी राईलाई सहिद मनोज प्रतिभा पुरस्कार

साउन १६, खोटाङ | खोटाङका शिक्षा तथा समाजसेवी इमानसिं राईलाई सहिद ‘मनोज प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । शिक्षा र समाजेसवाका माध्यमबाट जिल्लामा पुर्याएको योगदानको कदरस्वरुप दिक्तेल नगरपालिका–७ बाम्राङका ९१ वर्षीय राईलाई शनिबार साँझ पुरस्कृत गरिएको हो । 

पच्चिसौँ सहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा दिक्तेलमा आयोजित कार्यक्रममा राईलाई नगद रु पाँच हजारका साथमा कदरपत्रसहित पुरस्कृत गरिएको आयोजक मनोज स्मृति प्रतिष्ठान खोटाङले जनाएको छ । 

बेलायती सेनाको अवकाशपछि गाउँ फर्किएर पुनः शिक्षक सेवामा समर्पित र हाल अवकाश पाएका शिक्षासेवी राईलाई कार्यक्रममा मनोजका पिता नारायणप्रसाद जोशीले नगद र कदरपत्र प्रदान गर्नुभयो । 

तेइस वर्ष बेलायती सेनाबाट पेन्सन पकाएर गाउँ फर्किएका राईले शिक्षण सेवामा २३ वर्ष, संस्थागत विद्यालयको प्रिन्सिपलका रुपमा छ वर्ष, गाविस अध्यक्षका रुपमा पाँच वर्ष सेवा गरिसकेका छन् । सो अवसरमा आयोजित खुला ब्याडमिन्टन तथा चेस प्रतियोगिताका विजेता खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । 

ब्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने प्रेमकुमार जोशी र देवराज पोखरेल, दोस्रो हुने सुवास श्रेष्ठ तथा तेस्रो हुने आशिष उदास र पार्जुन राईको जोडीलाई क्रमशः जनही रु दुई हजार, रु एक हजार ५०० र रु एक हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै, चेस प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने दीपक राईलाई रु एक हजार, दोस्रो हुने ध्रुवविक्रम राईलाई रु ७०० र तेस्रो हुने मीनकुमार दाहाललाई रु ५००का साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । 

हप्ता दिनसम्म मनाइएको स्मृति दिवस समापनको अवसरमा विजेता खेलाडीलाई प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, सहिद मनोज पिता जोशीलगायतले नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रमका अवसरमा निबन्ध र हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई पनि पुरस्कार प्रदान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो