Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
बझाङ्ग - BJN

बुङ्गल नगरपालिका र बित्थड चिरमा शिविर संचालन हुने

k By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक २०, बझाङ  | बझाङ जिल्लाको बुङ्गल नगरपालिकामा महिला पुरुष अस्थायी बन्ध्याकरण शिविर संचालन हुने भएको छ | जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा यहि कार्तिक २३ गते देखि २५ गतेसम्म शिविर संचालन हुने बुङ्गल स्वास्थ्य शाखा संयोजक नैन बहादुर सिंहले जानकारी दिएका छन् |

सन्तानको रहर पुगेका र अस्थायी बन्धयाकरण गर्न चाहने दम्पतिको लागि यो सुनौलो अवसर भएकाले आफुलाई पाएकपर्ने स्वास्थ्य संस्थानमा गइ मौकाको फाइदा लिन अनुरोध गरिएको छ |

नगरपालिकाको वडा न १ को दहबगर स्वास्थ्य चौकीमा कार्तिक २३ गते महिला पुरुष अस्थायी बन्ध्याकरण हुनेभएको छ भने खिरातडी स्वास्थ्य चौकीमा २४ गते पुरुष बन्ध्याकरण मात्र हुनेभएको छ |

त्यस्तै नगरपालिकाको कफलसेरी स्वास्थ्य चौकीमा २५ गते महिला पुरुष अस्थायी बन्धाकरण हुने सिंहले जानकारी दिएका छन् |

बित्थड चिर गाउँपालिकामा दन्त शिविर संचालन हुने

यता बित्थड चिर गाउँपालिकामा दन्त शिविर संचालन हुने  भएको छ | गाउँपालिकाको कार्यालय देउलेखमा बुधबारदेखि एकहप्ता अर्थात् कार्तिक २७ गते सम्म शिविर संचालन हुने स्वास्थ्यकर्मी विमला भाटले जानकारी दिएकिछिन् |

उक्त शिविरमा दाँतको चेक जाच,दाँत निकाल्ने, किरालेखाएको दांतको उपचार गर्ने, दाँत  भर्ने लगायत दाँत सम्बन्धि सबै खालका सेवा दिइने छन् |

ओम कान्तिपुर डेन्टल केयरको आयोजनामा डाक्टर विजय राइद्वारा सबै सेवा दिइने उनले बताइन |