२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पश्चिमी सीमामा तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

२०७७, २० कार्तिक बिहीबार ०७:४३

कार्त्तिक २०, कञ्चनपुर । आपराधिक क्रियाकलाप रोक्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकामा विशेष तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ । तिहारलगायत चाडपर्वका बेला सीमा क्षेत्रमा हुने लागुऔषध, विष्फोटक पदार्थ, अवैध हतियारको ओसारपसारलाई रोक्न कुकुरसहितको प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।

पश्चिमी सीमा नाका गड्डाचौकी, महेन्द्रनगरस्थित बस पार्क, गौरीफण्टा सीमा नाकालगायत कुकुरसहितको प्रहरीको टोली परिचालन गरिएको उहाँले बताउनुभयो । “सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको सहयोगमा तालीम प्राप्त कुकुर ल्याएर सीमा क्षेत्रमा प्रभावकारी रुपमा जाँचको कार्यलाई अगाडि बढाएका छौँ”, प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “लुकाइछिपाइ लागुऔषध, बिष्फोटक पदार्थ र हातहतियार ल्याएमा तालीम प्राप्त कुकुरले सुँघेर पत्ता लगाउने गर्दछ । सीमापारबाट हुने अवाञ्छित गतिविधि रोक्नका लागि यस कार्यले सघाउ पुर्याउने छ ।”

तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्र र बस पार्क क्षेत्रमा भीडभाड बढ्न थालेपछि आपराधिक क्रियाकलापसमेत बढ्न सक्ने भएकाले उच्च सर्तकता अपनाइएको उहाँको भनाइ छ । उहाँकाअनुसार दुई साताका लागि कुकुरसहितको टोली सीमा नाकामा परिचालन गरिनेछ । स्थानीय प्रहरीसँग समन्वय गरी कुकुरसहितको टोलीलाई परिचालन गरिएको छ । सीमा क्षेत्रमा प्रहरीका सादा र पोशाकमा समेत गस्ती टोलीलाई परिचालन गरिएको छ । सीमा क्षेत्रमा केही दिनदेखि लागुऔषधसहित पक्राउ पर्नेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ । महेन्द्रनगर बस पार्क क्षेत्रबाट मात्रै प्रहरीले केही दिन अघि छ बोरा विष्फोटक पदार्थ (पटाका) बरामद गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ