२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

जिल्ला प्रशासन कार्यालय नुवाकोटले बार अनुसारको सेवा दिने

२०७७, २० कार्तिक बिहीबार ०७:५९

कार्त्तिक २०, त्रिशूली । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले बार अनुसारको सेवा कार्यान्वयन गर्ने भएको छ । प्रशासन मार्फत् प्रवाह हुने सेवा अबदेखि एक दिनमा चारवटा स्थानीयतहका सेवाग्राहीले  पाउने भएका छन् ।

प्रशासनले आज एक सूचना जारी गर्दै  शुक्रबारदेखि एक दिनमा चार स्थानीयतहको मात्र काम गर्ने जनाएको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालद्वारा  जारी सूचनामा  एक दिनमा चार स्थानीयतहको मात्र काम हुने र त्यसको लागि जिल्लामा रहेका १२ स्थानीयतहलाई तीन समूह बनाइएको छ । 

एक सातामा एक स्थानीयतहको दुईदिन मात्र सेवा उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ । सूचनामा विदुर नगरपालिका, सूर्यगढी, तादी र दुप्चेश्वर गाउँपालिको सेवाग्राहीको लागि आइतबार र बुधबार सेवा  निर्धारण गरिएको छ । यस्तै, बेलकोटगढी नगरपालिका, तारकेश्वर, म्यागङ र किस्पाङ गाउँपालिकाको सेवाग्राहीको लागि सोमबार र बिहीबार सेवा उपलब्ध हुने उल्लेख गरिएको छ । 

यस्तै, पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिकाको लागि मंगलबार र शुक्रबार सेवा उपलब्ध हुने जनाइएको छ ।  सामाजिक दुरी कायम राख्न तथा स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयन गराउन चुनौती भएकाले स्थानीयतहलाई एक सातामा दुई दिन मात्र सेवा उपलब्ध गराउने गरेर तालिका सार्वजनिक गरिएको जनाइएको छ  । सार्वजनिक तालिका अनिश्चित समयको लागी कायम हुने उल्लेख गरिएको छ ।

अब कान्तिबाल अस्पतालको सेवा  त्रिशूलीमा  

त्रिशूली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराइने  भएको छ । यसका लागि दुई अस्पताल बीचमा सम्झौता समेत भएको छ । सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि’ अनुसार त्रिशूली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराउन लागिएको हो । त्रिशूली अस्पतालमा हरेक मंगलबार कान्तिबाल अस्पतालको विशेषज्ञ सेवा उपलब्ध गराउन दुई अस्पतालका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

त्रिशूली अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा सुनिता केसी र कान्तिबाल अस्पतालको तर्फबाट निर्देशक डा कृष्णप्रसाद पौडेलले आगामी असार मसान्तसम्मको लागी विशेषज्ञ र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सहमति कार्यान्वयनमा आएको उल्लेख गरिएको छ ।

सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गरी विशेषज्ञ सेवा दिनुपर्ने कार्यविधि गएको साता स्वीकृत भएसगैँ त्रिशूली अस्पतालले बालबालिकाको लागी आधारभूत तथा विशेषज्ञ सेवा उपलब्ध गराउन कान्तिबाल अस्पतालसँग सम्झौता गरिएको अस्पताललका मेडिकल सुपरिटेन्डेण्ट एंव प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. केसीले जानकारी दिनुभयो । उहाँको अनुसार अबदेखि हरेक साताको सार्वजनिक बिदाको दिन बाहेक मंगलबार कान्तिबाल अस्पतालको सेवा स्याटेलाइट क्लिनिक मार्फत बाल रोगसंग सम्बन्धित सेवा उपलब्ध गराइने भएको छ । 

स्याटेलाइट क्लिनिक सेवा मार्फत बालरोग सम्बन्धि सर्जरी चिकित्सक सहितको चिकित्सक रहने त्यसमा मेडिकल र सर्जिकल विशेषत्र सेवा समेत उपलब्ध गराउन लागिएको कान्तिबाल अस्पतालका निर्देशक डा पौडेलले जानकारी दिनुभयो । यहाँको अस्पतालको भौतिक पूर्वाधार सुविधासम्पन्न भएकाले उपकरण र जनशक्ति सहयोग मार्फत आगामी दिनमा त्रिशूली अस्पतालमा बाल रोगसँग सम्बन्धित समस्याको शल्यक्रिया सेवा समेत उपलब्ध गराउन कान्तिबाल अस्पताल समक्ष त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा केसीले आग्रह गर्नुभयो । 

ग्रामीण तथा दूर्गम एंव सुविधासम्पन्न अस्पतालमा सेवा लिन नागरिकको पहुँच नपुग्ने तथा आउजाउ गर्न हुदै आएको कठिनाई अन्त्य गर्न सङ्घीय तथा प्रादेशिक अस्पतालले स्याटेलाइट क्लिनिक सेवा सञ्चालनमा ल्याउने नीति अवलम्वन गरिएको हो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै स्याटेलाइट क्लिनिक सञ्चालनको लागी संघीय सरकारबाटै  बजेट सुनिश्चित गरिएको थियो ।

 रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ