२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारा जिल्लाका सीमा नाकाबाट पटाका भित्रिँदै

२०७७, २० कार्तिक बिहीबार ०९:५३

कार्तिक २०, वीरगञ्ज । हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटाका भित्र्याउन थालेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि  लामो समयदेखि नेपाल भारत मुख्य सीमा नाका बन्द रहे पनि तस्करले अन्य विभिन्न खुला नाकाको फाइदा उठाउँदै सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेका छन् । 

तस्करले पर्साका भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाका मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायत नाकाबाट पटाका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटाका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटाकाको व्यापक तस्करी गर्ने गरेको छ ।

यसैक्रममा बुधबार बिहान ३ बजे भारतको रक्सौलबाट  विभिन्न किसिमका पटाका  खरिद गरेर ना२ह ३०४६ नंको अटोमा लुकाइछिपाई वीरगञ्जतर्फ ल्याइँदै गरेकाअवस्थामा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बाट ठूलो परिमाणमा पटाकासहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वीरगञ्ज –१६ इनर्वाका भुलन साह तुराहाका २० वर्षीय छोरा रन्जनकुमार र सीमावर्ती भारतीय बजार रक्सौल मौजेटोल बस्ने मौजी तुराहाका २६ वर्षीय छोरा राजकुमार गुप्ता छन्र । उनीहरुका साथबाट विभिन्न ब्राण्डका एक हजार प्याकेट पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

क्यारियरवालाहरुले भारतको रक्सौललगायत भारतीय बजारबाट ती पटाका वीरगञ्ज, कलैयालगायत नेपाली बजारसम्म पुर्याएबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पुर्याएबापत अधिकतम दुई सय प्रतिशतसम्म लिने गरेको वीरगञ्जस्थित मीनाबजारमा भेटिएका एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । 

ती क्यारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्ना पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटाका लुकाएर ल्याउने गरेको बताएका छन् । अति प्रज्वलनशील पदार्थका रुपमा रहेको पटाका नेपाल भित्रिने गरेको बारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीले भेटाएसम्म पटाका भने समात्ने गरेको दाबी गर्दै आएका छन् । खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन जीप, कार, टाँगाजस्ता सवारी साधनमा पटाका लुकाइछिपाई ल्याइने गरेको देखिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ