2026-09-12 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मझगाउँ विमानस्थलका लागि बजेट जुटाइँदै

कात्तिक २१, कञ्चनपुर (रासस) ।  कञ्चनपुरको मझगाउँ विमानस्थलका पूर्वाधार निर्माण शुरु गर्न बजेट जुटाउने कार्यलाई अगाडि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरण आगामी फागुनदेखि विमानस्थलको पूर्वाधार निर्माणका लागि बजेट जुटाउने कार्यमा लागेको छ । विमानस्थल सञ्चालनमा ल्याउन कञ्चनपुरका प्रदेशसभा सदस्यहरुले प्राधिकरण टोलीसहित मुख्यमन्त्रीसित छलफल गर्नुभएको छ ।  

सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनारले प्रदेश सरकारले विमानस्थल सञ्चालनका लागि चाहिने बजेटको २०–२५ प्रतिशतसम्म दिने गरी छलफल भएको बताउनुभयो । “मुख्यमन्त्रीसँग प्राधिकरणको टोलीसहित राखेर छलफल गरिएको छ, मुख्यमन्त्री अत्यन्त सकारात्मक हुनुहुन्छ, २० देखि २५ प्रतिशतसम्म प्रदेश सरकारबाट बजेट आउँछ”, उहाँले भन्नुभयो, “केही दिनमै यसबारे निर्णय हुन्छ ।”

नगरिक उड्डन प्राधिकरणको टोलीले गत महिना विमानस्थलको स्थलगत निरीक्षण गरेपछि तीनै तहका सरकारका जनप्रतिनिधिले बजेट जुटाउने सामूहिक प्रतिबद्धता गरेका थिए । सोहीअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकार विमानस्थल सञ्चालनका लागि बजेट जुटाउन लागि परेका हुन् । “जसरी पनि विमानस्थल सञ्चालन गर्ने गरी अघि बढेका छौँ, त्यसका लागि चाहिने बजेट, जग्गा सबैको व्यवस्था गरी अघि बढिरहेका छौँ”, प्रदेशसभा सदस्य सुनारले भन्नुभयो । 

भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाले यसअघि नै विमानस्थल सञ्चालनका लागि बजेट दिने निर्णय गरिसकेका छन । विमानस्थल सञ्चालनको कुल लागतको भीमदत्तले १५ र महाकालीले १० प्रतिशत खर्च व्यहोर्ने निर्णय गरेका छन् । दुई स्थानीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारसहितको बजेट ५० प्रतिशत पुग्ने देखिएको छ । 

प्राधिकरणको टोलीले फागुनदेखि रनवे पिच, टावर निर्माणलगायत पूर्वाधार निर्माण अघि बढाउन लागेको हो । त्यसका लागि छलफल गर्न प्राधिकरणको टोेली गत महिना मझगाउँ आएको थियो । विमानस्थलको एक हजार ५२५ मिटर रनवे कालोपत्रेको लागत अनुमानसमेत तयार गरिएको छ । 

मझगाउँस्थित बन्द विमानस्थलमा तीन तहका जनप्रतिनिधिसित प्राधिकरणले बजेट जुटाउन सहयोगका लागि आग्रह गरेको थियो । प्राधिकरणले फागुनमा रु ३४ करोडमा पूर्वाधार निर्माण अघि बढाउन ठेक्का प्रक्रियामा जाने गरी तयारी गरिएको जानकारी दिएको थियो । ंत्यसका लागि तत्काल बजेट अपुग भएकाले तीनै तहका सरकारको सहयोग चाहिने प्राधिकरणको भनाइ थियो । गत वर्ष प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल सञ्चालनको सम्भाव्यता अध्ययनसमेत गरेको थियो ।

विसं २०५४ मा मझगाउँस्थित विमानस्थल बन्द भएपछि पहिलो पटक स्थानीयस्तरमा पनि दवाब दिन सङ्घर्ष समिति गठन गरिएको थियो । पूर्व वन अधिकृत रमेश चन्द नेतृत्वको समितिले काठमाडौँ गएर सरकारलाई दवाब दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन