Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बुङ्गलमा ५ शैयाको कोरोना अस्पताल, संक्रमितको निशुल्क उपचार गरिने

२०७७, २४ कार्तिक सोमबार १२:५१

कार्तिक २४, बझाङ | बझाङको बुङ्गल नगरपालिकाले पाँच शैयाको कोरोना अस्पताल निर्माण गरेको छ | नगरपालिको वडा नं ८ स्थित शंकरखोला स्वास्थ्य चौकीलाई कोरोना अस्पताल बनाएको हो | नगरपालिका भरिकै राम्रो भौतिक व्यवस्था भएको उक्त स्वास्थ्य चौकीमा अक्सिजन सहितको पाँच शैयाको व्यवस्था गरेको छ |

नगरपालिकाले कार्तिक ६ देखि हाँजिर हुनेगरी एमबिबिएस डाक्टर सुमन श्रेष्ठलाई नियुक्ति गरेको छ | अहिले डा श्रेष्ठ र आफू पोष्टमाटम तालिमको लागि चैनपुर भएको बताउंदै, बुङ्गल स्वास्थ्य शाखा संयोजक नैंन बहादुर सिंहले भने,"केहि समय पछि उक्त अस्पतालमै पोष्टमाटम समेत हुन्छ |" नगरपालिकाले कोरोना संक्रमण देखिएका वा अस्पतालको बेडमा बसेका बिरामीको खान,बस्न र उपचार निशुल्क गर्ने भएको छ |  त्यस्तै विदेशबाट आएकाहरुले अनिवार्य होम आइसोलेसंनमा बसी पाँच दिनपछि स्वाब संकलनका लागि स्वास्थ्य संस्थानमा उपस्थित हुनुपर्ने छ | 

सिंहका अनुसार,उक्त अस्पतालको क्षमता भन्दा बढी संक्रमित भेटिएमा नगरपालिकाको १ नम्बर वडा  पौडीमा रहेको महिला भवनलाई कोरोना अस्पताल बनाइने तयारी भएको छ | हालसम्म नगरपालिका भरी संक्रमितको संख्या र क्वारेन्टाइनमा बस्नेको संख्या भने शुन्य छ |

व्यवस्थापनको क्रममै केहि समय पछि सोहि अस्पतालमा एक्सरे र भिडियो एक्सरे मेसिन पनि राख्ने योजना रहेको ८ नम्बर वडाध्यक्ष शिवसंकर जाग्रिले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश