नन्दराम जैशी | साउन १६ जुम्ला | जंगली विषालु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन १६ जुम्ला | जंगली विषालु"/>
2026-07-03 07:25 PM
जुम्ला - JML

जुम्लामा जंगली विषालु च्याउ खाएर ४ जना सिकिस्त विरामी

नन्दराम जैशी | साउन १६ जुम्ला | जंगली विषालु च्याउ खाएर जुम्ला खल्ला गाउँका ४ जना सिकिस्त विरामी भएका छन् । विरामी सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भैरहेको छ । विषालु च्याउ खाएर बिरामि हुनेमा चन्दननाथ नगरपालिका १४ खल्ला गाउँका वर्ष ३६ का रामप्रसाद चौलागाइ, उहाँकी श्रीमति वर्ष ३५ का भविसरा चौलगाइ र उहाँका छोरा वर्ष ५ का तिलक चौलागाई रहनुभएको छ ।

यस्तै सोहि गाँउकै वर्ष २० का रत्ना चौलागाइ पनि च्याउ खाएर विरामी पर्नु भएको स्थानीय देउऋषि चौलागाइले बताए । विरामी मध्ये रामप्रसाद चौलागाइ र उहाँका वर्ष ५ का छोरा तिलक चौलागाईको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ अपिसर समिक्षा अर्यालले बताइन् । अन्य २ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ । जंगली च्याउ खाएपछि रिंगटा लाग्ने, वाकवाक हुने लगाएतका समान्य लक्षण देखिएपछि बेहोस भएर विरामी परेको विरामीहरु स्वयमले बताए । विरामी रत्ना चौलागाइका बुबा कृष्ण भक्त चौलागाइले आफुले खाना खाएर च्याउ खाएपछि कुनै असर नगरेकोभन्दै च्याउ खाएकै कारण छोरी बिरामि परेपछि उपचारका लागि प्रतिष्ठान आएको बताए ।

विगत १५ वर्ष देखि घर बारिह बस्दै आउनु भएका बिरामि रामप्रसाद चौलागाइका परिवारले जंगली च्याउ पहिले देखि खाने गरेको बताएइएको छ । चौलागाइका दम्पतिलाई प्रतिष्ठानमा उपलब्ध भएका सबै औषधि प्रयोग गरिएको र कृत्रिम श्वासप्रसाश पनि गराइएको प्रतिष्ठानले जनाएको छ । साथै चिकित्सकले अरुलाइ अहिलेको समयमा जंगलमा पाइने च्याउ जथाभावी नखान आग्रह गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो