प्रकाश बम | श्रावण १६, डोटी | सार्वजनिक यातायात समितिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | श्रावण १६, डोटी | सार्वजनिक यातायात समितिल"/>
2026-09-19 12:40 AM
डोटी - DT

सार्वजनिक यातायात समितिले गरेको बन्द सोमबारदेखि सुुचारु

प्रकाश बम | श्रावण १६, डोटी | सार्वजनिक यातायात समितिले गरेको बन्द सोमबार देखि सुुचारु हुने भएको छ । वडीमालिका यातायात प्रालिका बसहरु चल्न नपाउने भन्दै ८ बस समितिहरुले यातायात अनिश्ति कालिन बन्दको शुक्रबार एक संयुक्त प्रेश बिज्ञप्तीजारी गर्दै घोषणा गरेको थियो ।

दुई दिन देखि बन्द रहेको सार्वजनिक यातायातका बिषयमा आईतबार कैलालिका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको संयोजकत्वमा बसेको सर्वदलिय बैठकको छलफलपछि यातायात सुचारु गर्ने निर्णय गरीएको हो । शुक्रबार पक्राउ परेका पाँच जनालाई विना शर्त रिहा गर्ने, बडि मालिकाका यातायात प्रालीका अध्यक्ष कान्छा महर्जनलाई १ हप्ताभित्र उपस्थित गराउने, अब बस्ने यातायात व्यवस्थापन समितिको बैठक सम्म बडि मालिकाको यातायात बन्द गर्ने लगायतका सहमति पछि सार्वजनिक यातायात संचालन गर्न व्यवसायीहरु सहमत भएका हुन ।

सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष एवं संयुुक्त आन्दोलन परिचालन समितिका संयोजक टेकराज जोशीले माथि भएका बुुदाहरुमा सहमति रहेको बताउँदै वैठक सम्पन्न भएको जनाएको छ । 

शुक्रबार बडि मालिका यातायात प्राली चलेको विषयलाई लिएर प्रहरीले हस्तक्षेप गरि मजदुरहरु पक्राउ गरेको विषयलाई लिएर सुदुरपश्चिमका ९ ओटा यातायात व्यवसायीहरुले अनिश्चितकालिन बन्दको आह्वान गरेको थियो ।

दुई दिन देखि यातायात सेवा बन्द हुदा यात्रुहरुले निकै सास्ति खेप्नु परेको थियो । यातायात सुचारु भएको खबरले लामो दुरीमा जाने यात्रुहरु खुसि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई