२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता

२०७७, १ मंसिर सोमबार १०:१२

मङ्सिर १, रामपुर । रामपुर नगरपालिका—८ पिपलचौरकी ७६ वर्षीय तुलसालाई यतिखेर गाँस र बाँसको समस्या छ । साहाराबिहिन उहाँ अहिले छिमेकीको घरमा साहारा लिनुभएको छ । गाँस र बाँसबाट पिडित उहाँलाई नेपाली नागरिकता नहँुदा सामाजिक सुरक्षा भक्ता पाउनबाट वन्चित हुनु परेको छ । तीन सन्तानमध्ये दुई छोरा र एक छोरी रहेपनि अहिले उहाँ सहाराबिहीन हुनुहुन्छ । 

दुई छोरा लामो समयसम्म बेपत्ता भएपछि जेठो छोरा करिब २२ वर्ष पछाडि मात्रै घर फर्केका छन् । छोरीको बिहेदान भइसकेको छ । उहाँलाई बुढेसकालमा रेखदेख गर्ने सन्तान भने कोही छैनन् । जेठो श्रीमान् कुलप्रसाद पाण्डेयसँग १६ वर्षको उमेरमा विवाह गर्नुभएकी तुलसा श्रीमान्को मृत्यु भएपछि सहाराका लागि गाउँकै रमाकान्त पङ्गेनीसँग दोस्रो विवाह गर्नुभएको थियो । पङ्गेनीको पनि विवाह भएको केही वर्षपछि मृत्यु भएपछि अहिले उहाँ एक्लो जीवन बिताइरहनुभएको छ ।

 पहिलो श्रीमान् कुलप्रसाद पाण्डेयबाट बनाइएको नेपाली नागरिकता हराएकी तुलसाले दोस्रो श्रीमान्को परिवारबाट नागरिकताका लागि सनाखत नगरिदिंदा  पाउने सेवा सुविधाबाट वन्चित हुनु परेको छ । “पहिलो श्रीमान्ले बनाएको नागरिकता हरायो, दोस्रो श्रीमान्का दाजुभाई पक्षलाई नागरिकता बनाइदिनका लागि सनाखत गरिदिन अनुरोध गरेपनि वास्तै गरेनन्,” उहाँले दुखेसो पोख्नुभयो, “कमसेकम नागरिकता भए सरकारले दिएको भत्ता खाएर त बाँच्थे”।

दोस्रो श्रीमान्को मृत्युपश्चात उहाँ पुनः पहिलो श्रीमानकै घर संरक्षण गरेर बस्नुभएको थियो । लामो समयसम्म बेपत्ता जेठो छोरा घर फर्केर आएपछि उहाँलाई आफैँले जन्माएको छोराले घर निकाला गरिदिएपछि छिमेकीको घरमा कोठा भाडामा बस्नुहुन्छ ।       छिमेकीले दोस्रो श्रीमान् पक्षधरबाट नागरिकता बनाउन सहमति नभएपछि पहिलो श्रीमानबाट जन्मिएका छोरालाई आमाको नागरिकता बनाउन अनुरोध गरेपनि नमानेपछि बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता भएको स्थानीय नेत्रप्रसाद पौडेल बताउनुहुन्छ ।

पाल्पाको पूर्वखोला गाउँपालिका—२ जल्पा माइती घर बताउने तुलसाले स्याङ्गजा आँधीखोलाका स्वर्गीय कुलप्रसाद पाण्डेयसँग वैवाहिक सम्बन्ध गाँस्नुभएको हो । बसाई सरी रामपुरलाई कर्मथलो बनाउनुभएकी तुलसालाई रामपुर नगरपालिका—८ को कार्यालयले नागरिकता दिलाउन माइतीतर्फबाट जन्मदर्ता समेत झिकाएको छ । 

 दोस्रो श्रीमान् पक्षकाले सनाखत नगर्नु, पहिलो श्रीमान्बाट आफैँले जन्म दिएको छोराले पनि आमालाई नागरिकता बनाउन सहयोग नगरेका कारणले समस्या बल्झिन पुगेको हो । तुलसाले २०५६ सालमा भएको निर्वाचनमा दोस्रो श्रीमान् रमाकान्त पङ्गेनी पति कायम गरी निर्वाचनमा सहभागी भई मतदान गरेको उहाँका छिमेकी तथा समाजसेवी मुक्तिराम अर्यालले बताउनुभयो । 

नेपाली नागरिकता बनाउने कुरामा वडा कार्यालय गम्भीर रहेपनि नजिकका आफन्तले सनाखत नगरेको र यस समस्यालाई समाधान गर्ने कोशिसमा रहेको वडा सदस्य मोहन श्रेष्ठ बताउनुहुन्छ । नेपाल सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भक्ता पनि नपाउँदा के खाने, लाउने, कहाँ बस्ने अवस्था छ । छिमेकीको घरमा कोठा भाडा लिएर बसेको पनि एकवर्ष बित्यो । भाडा तिर्न नसक्दा छिमेकीले कोठा खाली गर्न अनुरोध गरिरहेको उहाँको गुनासो छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै