२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लठौवा नाच जगेर्ना गर्दै नौखरीका थारु युवा

२०७७, २ मंसिर मंगलवार ०४:०७

मङ्सिर २, कञ्चनपुर | लोप हुने सङ्घारमा पुगेको लठौवा नाच जोगाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीका थारु युवाहरु जुटेका छन । डौना वेवरी लठौवा नाच टोली गठन गरी युवाहरु यो नाच जगेर्नामा लागेका हुन् ।

युवाहरुले नाच जोगाउनका लागि १२ जनाको टोली बनाएका छन । “थारु समुदायको दशैँ, तिहार, माघीलगायतका चाडपर्वमा देखाइने लठौवा नाच लोप हुन थालेपछि जोगाउनका लागि अगाडि बढेका छौँ”, टोलीका एक सदस्य डुठन डगौराले भन्नुभयो, “बूढापाकाहरुबाट सर्दै आएको संस्कृति जोगाउनका लागि टोलीनै गठन गरेका छौँ । नाचलाई कसरी पुरानै तरिकाले देखाउन सकिन्छ र मौलिकता थप्न सकिन्छ भनेर दैनिक अभ्यासमा समेत जुटेका छौँ ।” 

सास्कृतिक समारोह र अन्य कार्यक्रममा समेत युवाहरुले लठौवा नाच देखाउने गरेका छन । नाचका लागि आवश्यक पर्ने पहिरन बनाउने सीपसमेत सिकेका छन । “सामाजिक, राजनीतिक र सांस्कृतिक समारोहमा लठौवा नाचलाई देखाउँदा संस्कृति जोगाउनका लागि मद्दत पुग्छ”, अर्का सदस्य बिहारी चौधरीले भन्नुभयो, “नाचबारे सबैले जानकारी पाउँछन । पछिल्लो पुस्ताले समेत नाच बारे जानकारी पाउने भएकाले निरन्तरता दिँदै आएका छौँ ।”

नाच देखाउँदा पहिरन, तन्त्रमन्त्र र अन्यमा गरी धेरै खर्च लाग्ने गर्दछ । नाच देखाउन माग आएको ठाउँबाट निश्चित शुःल्कसमेत युवाहरुले लिने गरेका छन । तान्त्रिक विधिको प्रयोग गरी लठौवा नाच देखाइने गरिन्छ । नाच निकै आकर्षक र मनमोहक हुने भएकाले दर्शकले यस नाचको बढी माग गर्ने गर्दछन । हातमा लाठी(लौरो) लिएका युवाहरुले पिठ्युमा मयुरको प्वाँख बाँधेर आकर्षक तरिकाले परम्परागत गीत गाउँदै नाचलाई प्रस्तुत गर्दछन ।

यो नाच समूहमा देखाइने गरिन्छ । दुई वटा लहरमा आकर्षक पहिरनमा रहने युवाहरुले मादलको तालसँगै विभिन्न मुन्द्रमा नाचलाई पस्कने गर्दछन । नाच टोलीलाई भवितव्यबाट जोगाउन गुरुबासमेत सँगसँगै हिँड्ने गर्दछन । गुरुबाले निश्चित घेरा बनाएपछि नाचलाई सोही ठाउँमा देखाउने गरिन्छ । थारु समुदायको यस सामूहिक लोक नृत्यमा एक जना हास्यव्यङ्ग्य गर्ने व्यक्ति पनि रहने गर्दछन् । यिनलाई थारु भाषामा ‘सोङ्ग्या’ भन्ने गरिन्छ । नृत्यमण्डलीमा रहने गुरुबा (तान्त्रिक) ले परम्परागत विधिद्वारा नाचको प्रारम्भ गर्ने र पूजा विधिद्वारानै समापन गर्ने गर्दछन् । 

“नाच परापूर्वकालदेखि चल्दै आएको छ”, स्थानीय चन्द्रबहादुर चौधरीले भन्नुभयो, “नाच आयोजना गर्न निकै खर्च लाग्ने भएकाले धेरैले छाड्दै आएका थिए । हाल युवाले अन्य जिल्लाबाट यस नाचबारे सिकेर जगेर्नामा जुटेका छन् ।” कञ्चनपुरमा यस नाचको लोकप्रियता बढ्दो छ । परापूर्व कालमा गोठाला जाँदा गोठालाहरुले खेल्दाखेल्दै यस नाचकलाको विकास गरेको थारु बूढापाकाहरुको भनाइ  छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो