ललित बोहरा | साउन १७, डडेल्धुरा | सुदूरपश्चिममा विगत दुई दिनदेखिको सार्वजनिक यातायात बन्द सोमबार देखि सुचारु हुने भएको छ । 

हिजो अबेर प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको संयोजकत्वमा बसेको सर्वदलिय ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन १७, डडेल्धुरा | सुदूरपश्चिममा विगत दुई दिनदेखिको सार्वजनिक यातायात बन्द सोमबार देखि सुचारु हुने भएको छ । 

हिजो अबेर प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको संयोजकत्वमा बसेको सर्वदलिय ब"/>

2026-07-03 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिममा सार्वजनिक यातायात बन्द आजदेखि सुचारु

ललित बोहरा | साउन १७, डडेल्धुरा | सुदूरपश्चिममा विगत दुई दिनदेखिको सार्वजनिक यातायात बन्द सोमबार देखि सुचारु हुने भएको छ । 

हिजो अबेर प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको संयोजकत्वमा बसेको सर्वदलिय बैठकको छलफलपछि यस अघि शुक्रबार पक्राउ परेका पाँच जनालाई विना शर्त रिहा गर्ने, बडि मालिकाका यातायात प्रालीका अध्यक्ष कान्छा महर्जनलाई १ हप्ताभित्र उपस्थित गराउने, अब बस्ने यातायात व्यवस्थापन समितिको बैठक सम्म बडि मालिकाको यातायात बन्द गर्ने लगायतका सहमति पछि सार्वजनिक यातायात संचालन गर्न व्यवसायीहरु सहमत भएका हुन । सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष एवं संयुक्त आन्दोलन परिचालन समितिका संयोजक टेकराज जोशीले माथि भएका बुदाहरुमा सहमति रहेको बताउँदै हिजोको वैठक सौहार्द रुपमा संचालन भएकोमा उपस्थिति सबै राजनैतिक दलका पार्टी प्रतिनिधिहरु, मानव अधिकारकर्मि, नागरिक समाज, पत्रकार, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय र यातायात मजदुर लगायत उपस्थिति सम्पुर्णलाई सकारात्मक पहलको लागि धन्यबाद ज्ञापन गर्नुभयो । 

२ दिन सम्मको बन्दले बिच बाटोमै अलपत्र परेका यात्रुहरु बन्द खुल्यसंगै आफनो गन्तब्य तर्फ लाग्न थालेका छन् ।   यस अघि शुक्रबार बडि मालिका यातायात प्राली चलेको विषयलाई लिएर प्रहरीले हस्तक्षेप गरि मजदुरहरु पक्राउ गरेको विषयलाई लिएर सुदुरपश्चिमका ९ ओटा यातायात व्यवसायीहरुले अनिश्चितकालिन बन्दको आह्वान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो