Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

६ बर्षिया बालिकाको शव बोरामा भेटियो,आरोपित व्यक्तिको घरमा आगजनी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर ९, बर्दिवास |</b> महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी भएको छ | जिल्लाको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्याको आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगजनी गरेका हुन् |&nbsp;<br></p><p>स्थानीयले बाटो अबरुद्ध गरेका कारण आगोनिभाउन आएको दमकल आगलागी भएको स्थानसम्म पुग्न सकेको छैन | बालिका हत्याको बिरोध गर्दै स्थानीयले बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् |</p><p>आइतबार साँझदेखि बेपत्ता रहेकी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो | अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो | घटना स्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ&nbsp; |</p>