२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

२०७७, ९ मंसिर मंगलवार ०५:४७

मङ्सिर ९, त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पताल प्रशासन, स्वास्थ्य कार्यालय नुवाकोट र विदुर नगरपालिकाबीच भएको बैठकको निर्णयअनुसार हरेक साता सोमबार र बिहीबार सङ्कलन गरिँदै आएको स्वाब अबदेखि अनिश्चित समयसम्म बन्द गरिएको हो ।

अस्पतालले स्वाब सङ्कलन मापदण्ड बनाई यसअघि स्वाब सङ्कलन गर्ने क्रममा बढ्दो सङ्ख्या र हुने गरेको ‘अव्यवस्थित भीड’ रोक्न चुनौती देखिएकाले भाइरसको सङ्क्रमण अस्पतालभित्रै फैलने जोखिमले स्वाब सङ्कलन बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ । कोरोना जाँचका लागि अस्पतालमा स्वाब दिने सुविधा बन्द भए पनि आफू बसेकै स्थानीय तहमार्फत स्वाब सङ्कलन गरिएको नमूनाको परीक्षण अस्पतालले निःशुल्क जाँच गर्ने सुविधा कायमै रहेको जनाएको छ ।

 सबै सेवाग्राहीका लागि स्वाब सङ्कलन बन्द गरे पनि अस्पतालमा आकस्मिक अवस्थामा सेवा लिन पुग्ने, भर्ना भएका, शल्यक्रिया गर्नुपर्ने तथा बहिरङ्ग विभागमा जाँच गराउने बिरामीमा कोरोना भाइरसका मिल्दोजुल्दो लक्षण देखिए जुनसुकै समयमा स्वाब सङ्कलन र परीक्षण गरिने अस्पतालका मेसु डा पाण्डेले जानकारी दिनुभयो ।

त्रिशूली अस्पतालले गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला सेवा सञ्चालनमा ल्याएसँगै नुवाकोटसहित रसुवा, धादिङलगायतका स्थानबाट सङ्कलन गरिएको स्वाबको परीक्षण गर्न सहज हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते