साउन १७, म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका २० भन्दा बढी गाविसलाई सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध छ । 

बेनी नगरपालिका–१३ स्थित फापरखेत र बाबियाचौर–५ लाम्पाटामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । पह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका २० भन्दा बढी गाविसलाई सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध छ । 

बेनी नगरपालिका–१३ स्थित फापरखेत र बाबियाचौर–५ लाम्पाटामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । पह"/>

2026-09-18 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध

साउन १७, म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका २० भन्दा बढी गाविसलाई सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडक डेढ महिनादेखि अवरुद्ध छ । 

बेनी नगरपालिका–१३ स्थित फापरखेत र बाबियाचौर–५ लाम्पाटामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण सिधा सवारी सञ्चालन नहुँदा यातायात सेवाका साथै ढुवानीमा समस्या भएको छ । 

सडक डिभिजन कार्यालयले मर्मतका लागि बेवास्ता गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले बताए । समितिले यसअघि एकपटक मर्मत गरेर सडक खुलाएको केही दिनमै पुनः अवरुद्ध भएको थियो । 

यसअघिका वर्षमा जिविसले मर्मतसम्भार गर्दै आएको बेनी–दरवाङ सडक गत आवमा सडक विभागलाई हस्तान्तरण भएको थियो । 

बागलुङस्थित सडक डिभिजनले बेनी–जोमसोम सडकलाई मात्रै प्राथमिकता दिएको र बेनी–दरवाङ सडकको पहिरो पन्छाउन ध्यान नदिएकाले सर्वसाधारणले गुनासो गर्न थालेका स्थानीय विकास अधिकारी चिरिञ्जवी पौडेलले बताए । 

सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर नारायण पौडेलले उपकरण नहुँदा समस्या भएको बताए । डिभिजनसँग भएका तीनवटा डोजरमध्ये एकवटा बेनी–मालढुङ्गा, अर्को बेनी जोमसोम र एउटा बागलुङ–बुर्तिवाङ सडक मर्मतमा परिचालन भएको छ । 

दिनहुँजसो पहिरो खसेर अवरुद्ध हुने मालढुङ्गा–बेनी सडक मर्मतका लागि राखिएको डोजर लगेर केही दिनभित्रै बेनी–दरवाङ सडक मर्मत गर्ने इञ्जिनियर पौडेलले बताए । उनका अनुसार म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक खुलाउन मर्मत कार्य जारी छ । 

चमेरे, बैसरी, काभ्रे र घाँसा क्षेत्रमा दुईवटा डोजर परिचालन गरेर मर्मत कार्यलाई तीव्र पारिएको इञ्जिनियर पौडेलले बताए । निरन्तरको वर्षा, हिलो र पहिरो खसिरहने भएकाले मर्मतमा समस्या भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई