2026-09-12 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाका कोरोना सङ्क्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग

मङ्सिर १०, सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना सङ्क्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । मङ्गलबार युनिसेफ नेपालगञ्जले ५६ कोरोना सङ्क्रमितलाई स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको हो । याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालय र गुम्बा विद्यालयका गरेर ४९ विद्यार्थी तथा पाँच वृद्धवृद्धा गरी ५४ जनालाई याल्वाङमै वितरण गरिएको छ । दुई जना जिल्लाबाहिर सिफारिस गरिएकालाई समेत उक्त सामग्री प्रदान गरिएको छ ।

छपन्न कोरोना सङ्क्रमितलाई कम्बल, स्यानिटाइजर, मास्क, पञ्जा, थर्मोमिटर, जीवनजललगायतका स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनुभयो । साथै कोरोना सङ्क्रमित दुई विद्यालयका ४९ बालबालिकालाई होम आइसोलेसनको अवधिभर बस्दा दिक्क नहोस् भनेर मनोरञ्जनका लागि खेलकूदका विभिन्न सामग्रीसमेत सहयोग गरिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

यस्तै युनिसेफले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने सामग्रीसमेत निःशुल्क सहयोग गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपाल दोर्जे लामाले जानकारी दिनुभयो । बर्थिङ सेन्टरका लागि १०० न्यानो झोला वितरण गरिएको छ । कोभिडलक्षित सामग्री २१६, जीवनजल एक हजार प्याकेट, बालबालिकालाई खेलौना छ प्याकेट र कोरोना सङ्क्रमितलाई ६० वटा कम्बल निःशुल्क सहयोग गरिएको हो ।

हिमालयन बाल होस्टलमा बालबालिका र कर्मचारी गरी ३२, कैलाश मानसरोवर चिल्डे«न होस्टलमा एक र धार्मिक गुम्बा विद्यालयका १९ जना गरी ५२ सक्रिय सङ्क्रमित छन् । चार शिक्षक कर्मचारी कोरोना सङ्क्रमित छन् भने अन्य सबै कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रछात्रा सङ्क्रमित छन् । अहिले उनीहरु सबैको अवस्था सामान्य हुनुका साथै जिल्ला अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको निगरानीमा रहेको ल्याब टेक्निसियन बलिराज भण्डारीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो