2026-06-17 04:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गा गोल्ड कपको तयारी पूरा

आइतबार
सुरुङ्गास्थित होटल हायातमा अयोजित पत्रकार सम्मेलनमा सहभागी सुरुङ्गा जेसीजका पदाधिकारीहरु । तस्वीरः
विनोद पाण्ड 'कमल'

सुरुङ्गास्थित होटल हायातमा
अयोजित पत्रकार सम्मेलनमा सहभागी सुरुङ्गा जेसीजका पदाधिकारीहरु । तस्वीरः विनोद पाण्डे
‘कमल’

कात्तिक ८, सुरुङ्गा (सास)
सुरुङ्गा जेसीजको अयोजनामा प्रत्येक वर्ष हुँदै आएको ‘सुरुङ्गा गोल्ड कप’को तेस्रो संस्करणको
सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

आइतबार सुरुङ्गामा
पत्रकार सम्मेलनको आयोजना गरी यही कात्तिक १३ गतेबाट हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको
जनाइएको हो ।

यस संस्करणमा पुरस्कारराशी वृद्धि गरी प्रथम हुने
टोलीलाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ बनाइएको
सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले जानकारी दिएका छन् ।

प्रतियोगितामा झापा–११, रुपेन्देही–११, एपीएफ काठमाण्डौं, सरस्वती क्लब काठमाण्डौं,
कालेम्पोङ्ग क्लब भारत, कासा–११ झापा, चर्च ब्वाइज युनाइटेड काठमाण्डौं र भुटान क्लीयरिङ्ग फुटबल क्लब
बीच प्रतिष्पर्धा हुने सुरुङ्गा जेसीज वर्ष २०१५ का अध्यक्ष त्रिलोचन चिमरियाले जनाए ।

महासचिव त्रिलोचन चिमरियाले सञ्चालन गरेको पत्रकार सम्मेलनमा कार्यकारिणी
उपाध्यक्ष विनोद उप्रेतीले स्वागत, खेलकुद संयोजक राजु पाठकले औचित्य माथि प्रकाश र मैदान व्यवस्थापक
दिलकुमार कार्कीले मैदानको अवस्था बारे जानकारी दिएका थिए ।

त्यस्तै, टीम म्यानेजमेन्ट तर्फका संयोजक भीम भट्टराईले टीमको छनौटका विषयमा जानकारी दिएका
थिए भने सञ्चार संयोजक मनोज बस्नेतले सञ्चार क्षेत्रको व्यवस्थापनका बारेमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ