गणेश सिर्पाली, साउन १७, रुकुम । रुकुमका नागरिक समाजका अगुवा, पत्रकार र अधिकारकर्मिहरुले स्थानिय तह पुर्नसंरचनाका नाममा राज्यले रुकुमेलीहरुका अँगडी नौटंकी गरेको वताएका छन । 

संविधानले पुर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली, साउन १७, रुकुम । रुकुमका नागरिक समाजका अगुवा, पत्रकार र अधिकारकर्मिहरुले स्थानिय तह पुर्नसंरचनाका नाममा राज्यले रुकुमेलीहरुका अँगडी नौटंकी गरेको वताएका छन । 

संविधानले पुर्व"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

स्थानिय तहको पुर्नसंरचना गर्नुपुर्व रुकुमको विषय टुंगो लगाउनुपर्ने

२०७३, १७ श्रावण सोमबार १०:५९

गणेश सिर्पाली, साउन १७, रुकुम । रुकुमका नागरिक समाजका अगुवा, पत्रकार र अधिकारकर्मिहरुले स्थानिय तह पुर्नसंरचनाका नाममा राज्यले रुकुमेलीहरुका अँगडी नौटंकी गरेको वताएका छन । 

संविधानले पुर्वि रुकुमलाई प्रदेश नम्वर ५ र पश्चिमी रुकुमलाई प्रदेश नम्वर ६ मा  राखेको अवस्थामा गाउँपालिका र नगरपालिको केन्द्रका विषयमा छलफल गर्नुको कुनै औचित्य नहुने उनिहरुको धारणा छ । २ ओटा प्रदेशमा पारिएको रुकुमका गाविसहरुलाई कता–कता राखेर गाउँ वा नगरपालिका वनाउने भन्ने अन्यौला रहेको उनिहरुको धारणा थियो । 

स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले आयोजना गरेको परामर्श कार्यशाला गोष्ठिमा वोल्ने सहभागिहरुले यस्तो वताएका हुन् । आयोगले रुकुम जिल्लाका लागी ६ ओटा मात्र स्थानिय निकाय प्रस्ताव गरेर रुकुमेलीहरुलाई अन्याय गरेको भनाई सहभागिहरुले राखेका थिए । घरघरमै सेवा पु¥याउन भन्दै देशलाई संघिय वनाईएकाले जनतालाई सहज हुनेगरी गाउँपालिका र नगरपालिकाको संख्या र त्यसको केन्द्र तोकिनुपर्नेमा वक्ताहरुको जोड थियो । 

संविधानले निश्चित गाविस नतोकेर पुर्वि र पश्चिमी रुकुम भन्दै २ ओटा प्रदेशमा रुकुमलाई विभाजन गरेकाले यस्तो अन्यौलता आएको नागरिकहरुको भनाई छ । पहिले जिल्लाको टुंगो लगाएर मात्र गाउँ तथा नगरपालिका टुंग्याउनुपर्ने नागरिक समाजको सुझाव छ ।

स्थानिय तह पुर्नसंचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थायिन विकास अधिकारी भरतकुमार शर्माको अध्यक्षता, जिविसका योजना अधिकृत नारायणप्रसाद चापागाईको सञ्चालनमा भएको गोष्ठिमा नागरिक समाज, पत्रकार, उपभोक्ता अधिकारकर्मि, व्यवसायी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण ईन्जिनियर पहलवहादुर पुनले गर्नुभएको थियो । 

असोज ३ गते जारी भएको नेपालको संविधान २०७२ मा पुर्वि र पश्चिमि रुकुम भन्दै रुकुमको पुर्वि भागलाई प्रदेश नम्वर ५ मा र पश्चिमी भागलाई प्रदेश नम्वर ६ मा राखिएको छ । प्रदेश नम्वर ५ कि ६, सँगै कि छुट्टाछुट्टै भन्ने विषयलाई लिएर रुकुममा यस अँघि आन्दोलन समेत भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो